कपिलवस्तु २७ बैशाख । कपिलवस्तुमा सामुदायिक स्तरमा अक्सिजन बैक सन्चालनमा आएको छ । कपिलवस्तुको बाणगंगा नगर क्षेत्र भित्र रहेका विभिन्न गैर नाफामुलक सस्थाहरुकोको पहलमा बाण्गङगामा अक्सिजन बैंक सन्चालनमा आएको छ । लायन्स क्लब अफ बाण्गङ्गा , लायन्स क्लब अफ कपिलवस्तु ,कपिलवस्तु जेसिस ,सिद्धार्थ सामाजिक बिकास केन्द्र , बाडगङ्गा ट्रक यातायात ब्याबसायी समिती , कपिलवस्तु सामुदायिक अस्पताल तथा नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तु लगायतको पहलमा अक्सिजन बैंक सञ्चालनमा आएको हो ।
बाणगंगा नगरपालिका भित्र कोभिड १९ तथा अन्य सङ्क्रमण एबम जोखिमयुक्त प्रकोप मा सङ्क्रमितहरुको अक्सिजन अभाब मा ज्यान गुमाउनु नपरोस भन्ने उदेश्य ले अक्सिजन बैंक सन्चालन मा ल्याइयको अभियान का सम्योजक रमेस चन्द्र भुसाल ले जानकारी गराउनु भएको छ । उक्त अक्सिजन बैंक संचालन गर्न जिल्ला का विभिन्न संघ सस्था तथा स्वयंसेबिहरुले आर्थिक भौतिक सहयोग गरिरहेको र जोडिने क्रम जारी रहेकोले अभियान सहज रुपमा सन्चालन भैरहेको सम्योजक भुसालको भनाई छ ।
त्यसैगरी यश क्षेत्रका समस्त उद्योगि ब्याबसायिहरुले अभियान लाई सार्थक बनाउन अपेक्षित सहयोग गरिरहेको र बर्तमान समयमा आबस्यक सहयोगको लागि सम्पुर्ण ब्याबसायी लाई अपिल समेत गरिएको नेपाल रास्ट्रीय उद्योग ब्यापार सङ्गठन कपिलवस्तुका अध्यक्ष हुमनाथ पौडेल ले जानकारी दिनुभयो ।
अभियान सम्पन्न भएसंगै सामाजिक लेखाको आधारमा हर हिसाब पारदर्शी रुपमा सार्बजनिक गरिने भएकोले सबैलाई अभियानमा जोडिन अभियानका कोषाध्यक्ष एबम कपिलवस्तु जेसिस का अध्यक्ष भिमकान्त भट्टराई ले आग्रह गर्नु भयो । सामाजिक सङ्घ सस्थाहरुको समेत महामारीको बेला विभिन्न प्रकारको सामाजिक उत्तरदायित्व हुने हुनाले यो महाअभियानमा जोडिन सिद्धार्थ सामाजिक बिकास केन्द्रका अध्यक्ष तेज प्रसाद आचार्य ले आभ्वान गर्नु भएको छ ।
प्रतिक्रिया