प्रदेश

कपिलवस्तुमा निषेधाज्ञा अवज्ञा गर्ने २२७ साधन र २ जना व्यापारी प्रहरी नियन्त्रणमा



कपिलवस्तु  २७ बैशाख । निधेषाज्ञा उल्लंघन गर्ने २२७ सवारी साधनलाई आईतबार पनि कपिलवस्तु प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले १९३ वटा मोटरसाइकल २५  वटा साइकल ५ अटो २ कार १ पिकअप र १ भ्यान निषेधाज्ञा उल्लंघन गरेकोमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । 

निषेधाज्ञाको समयमा उल्लंघन गरि पसल खोल्ने २ जना व्यापारीलाई समेत जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आईतबार  नियन्त्रणमा लिएको छ। केहि सवारी साधनहरु नियन्त्रणमा लिनु बाहेका शान्तिपूर्ण तरिकाले आज पनि जिल्लाबासिले निषेधाज्ञाको पालना गरेको प्रहरीले जनाएको छ । अत्यावश्यक वस्तु किनमेलका लागि पनि बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म पसलहरु भने खुला रहेका थिए । 

प्रकाशित : २६ बैशाख २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६