अर्थ-वाणिज्य

तौलिहवा अस्पतालमा आउने अक्सिजन हाईज्याक,उपचाररत ५५ जनाको जीवन रक्षा गर्न अधिकारकर्मीको माग



कपिलवस्तु २७ बैशाख । कपिलवस्तु अस्पताल तौलिहवामा नियमित रुपमा आउने गरेको ५० सिलिण्डर अक्सिजन रुपन्देही प्रशासनको आदेशमा हाई ज्याक भएको वताइएको छ । लुम्विनी अक्सिजन उद्योग रुपन्देहीवाट दैनिक रुपम ५० देखि ८० सिलिण्डर आउने गरी भएको संझौता अनुरुप भरेर सोमवार विहानै तौलिहवामा पठाउन तयार पारिएका सिलिण्डर गएराती रुपन्देही प्रशासनको आदेश भन्दै उद्योगवाट कव्जामा लिएर प्रदेशिक अस्पताल बुटवलमा पुराइएपछि तौलिहवामा हाहाकार शुरु भएको हो । 

कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेका अनुसार उद्येगका संचालक रमेश खनालले गएराती २ वजे उद्योगमा सुरक्षाकर्मी पसेर सम्पूर्ण सिलिण्डर उठाएर लगेकाले तौलिहवा पठाउन नसकेको वताउनु भएको जानकारी दिनु भयो  । यो संगै कपिलवस्तु अस्पतालको आइसियूमा रहेका १० जना , कोेभिड वार्डमा  रहेका २५ जना र आइशोलेशन अस्पतालमा रहेका २० जना गरी ५५ जनाको जीवन संकटमा पुगेकोहो ।  

यता कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेलाई यो विषयमा संपर्क गर्दा उहाको फोन उठेन । कपिलवस्तु अस्पतालमा  उपचाररत ५५ जनाको जीवन रक्षा हुने गरी तत्काल अक्सिजन उपलब्ध हुने ब्यवस्था मिलाउन मानव अधिकार रक्षक समूह कपिलवस्तुका संयोजक दोलख वहादुर पछाई र उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष भेषराज पाण्डेले अपिल प्रकासित गर्दै डिएमसीसी कपिलवस्तु समक्ष माग गर्नु भएको छ । 

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६