अर्थ-वाणिज्य

पुनराबेदनपछि बलात्कार मुद्धामा दोषि ठहर पत्रकारलाई ५ वर्ष कैद र क्षेतीपूर्ति



काठमाडौ २७ बैशाख  ।उच्च अदालत पाटनले पत्रकार केदार कोइरालालाई बलात्कारी ठहर गर्दै  ५ वर्ष तीन महिना कैद सजाय र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला सुनाएको छ। वैशाख १२ गते न्यायाधीश अच्युत बिष्ट र नवराज थपलियाको इजलासले उनलाई आफ्नै घरमा काम गर्ने किशोरीलाई बलात्कार ठहर गरेको फैसला गरेको थियो। सोही इजलासले सोमबार उनलाई पाँच वर्ष तीन महिना कैद सजाय र पीडितलाई १० लाख क्षतिपूर्ति दिलाउने फैसला सुनाएको उच्च अदालत पाटनका रजिष्ट्रार गजेन्द्रबहादुर सिंहले जानकारी दिए।

मुलुकी फौजदारी संहिताले दोषी ठहर र सजाय निर्धारण छुट्टाछट्टै पेशीमा गर्ने गरि गरेको व्यवस्था अनुसार वैशाख १२ मा दोषी ठहर भए पनि सजाय निर्धारण भने सोमबार गरेको हो।जिल्ला अदालत काठमाडौंले कोइरालालाई सफाइ दिएको थियो। त्यसविरूद्ध सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

बाह्र वर्षदेखि आफ्नै घरमा संरक्षण दिएर राखेकी किशोरीलाई बलात्कार गरेको अभियोग लागेका पत्रकार कोइरालालाई काठमाडौं जिल्ला अदालतका तत्कालीन न्यायाधीश तेजप्रसाद पौडेल सफाइ दिएका थिए। कोइरालालाई सफाइ दिए पनि उनले पीडित किशोरीलाई १० लाख क्षतिपूर्ति भर्न आदेश दिएका थिए।२०७४ जेठ १२ गते पीडित किशोरीका दाजुले प्रहरीमा जाहेरी दिएका थिए। त्यसपछि किशोरीको शारीरिक परीक्षण गर्दा गर्भ रहेको पाइएको थियो। गर्भमा रहेको भ्रूणको उमेरका आधारमा न्यायाधीश पौडेलले कोइरालालाई सफाइ दिएको हो।

’वैज्ञानिक परीक्षणबाट ९ साताभन्दा बढीको गर्भ रहेको पुष्टि भयो। घटना भएदेखि पीडितको शारीरिक परीक्षणको मितिसम्म गणना गर्दा १३ साताभन्दा बढी (९६ दिन) देखिन आयो। त्यसैले प्रतिवादीको करणीबाट त्यो गर्भ रहेको प्रमाणित हुन सकेन,’ फैसलामा उल्लेख थियो, ’त्यो दिनपछि पनि करणी गरेको भनी पीडितले खुलाएको नदेखिँदा केदार कोइराला उपरको कसुर स्थापित हुन नसकी अभियोग दाबीबाट सफाइ पाउने ठहर्छ।’

आजसम्म ती किशोरीलाई संरक्षण दिएकाले अब अलग हुन नमिल्ने भन्दै १० लाख दिनुपर्ने फैसलामा उल्लेख थियो।’प्रतिवादीको घरमा पीडित अहिल्यै पुनर्स्थापित हुने अवस्था देखिन्न। पीडितलाई जीवन निर्वाह, शारीरिक एवं शैक्षिक निरन्तरताको निम्ति १० लाख रुपैयाँ प्रतिवादीबाट खर्च भराई दिने ठहर्छ,’ फैसलामा भनिएको थियो। उक्त फैसला त्रुटीपूर्ण भएको भन्दै सरकारी वकिलले कोइरालालाई दोषी ठहर गरि सजाय गर्न र पिडितलाई क्षतिपूर्ति भराउन माग गर्दै उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

प्रकाशित : २७ बैशाख २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६