जीवनशैली

कर्णालीमा नव नियुक्त दुई मन्त्रीले लिए सपथ



सुर्खेत, ३ जेठ । कर्णाली प्रदेशमा नव नियुक्त दुई मन्त्रीले आज (सोमबार) शपथ ग्रहण गरेकाछन न्।उनीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शपथ ग्रहण गराएको हुन् ।

आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्दै शर्मा र नेपालीलाई मन्त्रीमा नियुक्त गरेका थिए ।

गत बुधबार मुख्यमन्त्री शाहीले सुर्खेतका सांसद विन्दमान विष्टसहित ३ जनालाई मन्त्रीमा नियुक्त गरेका थिए । तर, वैशाख ३ गते सांसदमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको नेपाली कांग्रेसले दुई मन्त्रालय मागेपछि विष्ट पार्टीको निर्देशन अनुसार पछि हटेको मुख्यमन्त्री निकट एक नेताले बताए ।

गत बुधबार नियुक्त गरेका उनीहरुलाई केही समय जिम्मेवारीविहीन बनाइएको थियो । मुख्यमन्त्रीले आइतबार पुनः मन्त्रीमा नियुक्त गरेपछि शर्मा र नेपालीलाई सोमबार शपथ खुवाइएको हो । यसअघि भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर नेपालीलाई जलस्रोत तथा ऊर्जा विकास र बिन्दमान विष्ट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेस एक महिना बितिसक्दा पनि सरकारमा सहभागी भएको छैन । कांग्रेसले दुई मन्त्रालयसहित सरकारमा सहभागिता जनाउने भएपनि आन्तरिक विवादका कारणले मन्त्री बन्नेको नाम टुंग्याउन सकेको छैन

प्रकाशित : ३ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६