अर्थ-वाणिज्य

लुम्विनी प्रदेश : राष्ट्रिय सभा चुनावको अंक गणित कडा टक्करपूर्ण ,कसले जित्छ पूर्वानुमान गर्न कठिन



कपिलवस्तु ५ बैशाख । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य चयनका लागि आयोजित निर्वाचनमा कसको पक्षमा कति मत आउला भन्ने अंक गणितीय हिसाव कितव शुरु भएको छ । यसको प्रारम्भीक विष्लेषणले अत्यन्तै कडा टक्कर देखा परेको छ । प्रदेश सभामा  नेकपा एमालेको पक्षमा हाल ३९ जना प्रदेश सांसद छन् । ४२ सांसद मध्ये २ जना मओवादी तर्फ लागेकाछन् । उनीहरुलाई पार्टीले कारवाही गर्न वाँकीछ । १ जनाले राजीनामा दिएका छन् । 

यता जसपा महन्त राजेन्द्र पक्षका ४ जनाको पद अदालतले वहाली गरिदिएको छ । जस अनुसार यो मत एमालेले पाउने निश्चिछ छ । जसका आधारमा सांसदमा एमालेको पक्षमा ४३ जना हुने छन् । काँग्रेस माओवादी गठबन्धनका पक्षमा ४० सांसद हुने छन् । जसमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी(केन्द्र)का १८, राष्ट्रिय जनमोर्चा १, राजपा उपेन्द्र पक्षका २ जना रहेका छन् । 

सांसदमा एमाले ३ मतले अगाडी हुने देखिएको छ । यता लुम्बिनी प्रदेशमा स्थानीय तहमा रहेका १०९  मध्ये नेकपा एमालेका पक्षमा ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा उपेन्द्र समुहका ७ र महन्थ राजेन्द्र पक्षका ६ गरी १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन ।यस अनुसार एमालेले आफ्ना ९१ सहित जसपा महन्त ६ र राप्रपाका २ जनाको मत पाउने संभावना छ । यो संख्या ९९ हुन आउछ । यता कांग्रेस मओवादी गठबन्धनमा नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा उपेन्द्र समुहका ७ ,राजमोका ५ गरी ११५ जना रहेका छन् । यो संख्या एमालेको भन्दा १६ जनाले वढीहो । 

 राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हो । यसका आधारमा प्रदेश सांसदमा ३ मत वढी कायम गरेको एमालेलाई टक्कर दिन कांग्रेस माओवादी  गठबन्धनका ८ जना स्थानीय तहका प्रतिनिधी चाहिन्छ । अव रहयो सो मोर्चा संग बढी देखिएका १५ स्थानीय प्रतिनिधी मध्ये  ७ जना स्थानीय प्रतिनीधि वढी रहने आधार । यता स्वतन्त्र ४ जना एमालेको पक्षमा लागे भने कांग्रेस माओवादी गठबन्धनमा ३ जना स्थानीय प्रतिनिधीको झिनो मतान्तर रहन्छ । यसमा पनि सबै उपस्थित नहुने र कतिपयको क्रस  भोट हुने भएकाले राष्ट्रिय सभामा टक्करको अंक गणित देखा परेको छ  ।

 नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्काले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन । खड्का मालारानी–५ अर्घाखाँची निवासी हुन । यता  दृगनारायण पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्षधर) र राष्ट्रिय जनमोर्चाको गठवन्धनबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका हुन । उनको घर कपिलवस्तुको महाराजगंजमा रहेको छ । 

तस्बीर सौजन्य : फेसबुकवाट 


प्रकाशित : ५ जेष्ठ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६