कपिलवस्तु ५ बैशाख । लुम्बिनी प्रदेशमा जेठ १७ गते हुने राष्ट्रिय सभा सदस्य चयनका लागि आयोजित निर्वाचनमा कसको पक्षमा कति मत आउला भन्ने अंक गणितीय हिसाव कितव शुरु भएको छ । यसको प्रारम्भीक विष्लेषणले अत्यन्तै कडा टक्कर देखा परेको छ । प्रदेश सभामा नेकपा एमालेको पक्षमा हाल ३९ जना प्रदेश सांसद छन् । ४२ सांसद मध्ये २ जना मओवादी तर्फ लागेकाछन् । उनीहरुलाई पार्टीले कारवाही गर्न वाँकीछ । १ जनाले राजीनामा दिएका छन् ।
यता जसपा महन्त राजेन्द्र पक्षका ४ जनाको पद अदालतले वहाली गरिदिएको छ । जस अनुसार यो मत एमालेले पाउने निश्चिछ छ । जसका आधारमा सांसदमा एमालेको पक्षमा ४३ जना हुने छन् । काँग्रेस माओवादी गठबन्धनका पक्षमा ४० सांसद हुने छन् । जसमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी(केन्द्र)का १८, राष्ट्रिय जनमोर्चा १, राजपा उपेन्द्र पक्षका २ जना रहेका छन् ।
सांसदमा एमाले ३ मतले अगाडी हुने देखिएको छ । यता लुम्बिनी प्रदेशमा स्थानीय तहमा रहेका १०९ मध्ये नेकपा एमालेका पक्षमा ९१, नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा उपेन्द्र समुहका ७ र महन्थ राजेन्द्र पक्षका ६ गरी १३, राष्ट्रिय जनमोर्चा ५, राप्रपा २ र स्वतन्त्र ४ जना रहेका छन ।यस अनुसार एमालेले आफ्ना ९१ सहित जसपा महन्त ६ र राप्रपाका २ जनाको मत पाउने संभावना छ । यो संख्या ९९ हुन आउछ । यता कांग्रेस मओवादी गठबन्धनमा नेपाली कांग्रेस ६४, नेकपा माओवादी(केन्द्र) ३९, जसपा उपेन्द्र समुहका ७ ,राजमोका ५ गरी ११५ जना रहेका छन् । यो संख्या एमालेको भन्दा १६ जनाले वढीहो ।
राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतभार प्रदेशको १ बराबर ४८ र स्थानीय तहको १ बराबर १८ हो । यसका आधारमा प्रदेश सांसदमा ३ मत वढी कायम गरेको एमालेलाई टक्कर दिन कांग्रेस माओवादी गठबन्धनका ८ जना स्थानीय तहका प्रतिनिधी चाहिन्छ । अव रहयो सो मोर्चा संग बढी देखिएका १५ स्थानीय प्रतिनिधी मध्ये ७ जना स्थानीय प्रतिनीधि वढी रहने आधार । यता स्वतन्त्र ४ जना एमालेको पक्षमा लागे भने कांग्रेस माओवादी गठबन्धनमा ३ जना स्थानीय प्रतिनिधीको झिनो मतान्तर रहन्छ । यसमा पनि सबै उपस्थित नहुने र कतिपयको क्रस भोट हुने भएकाले राष्ट्रिय सभामा टक्करको अंक गणित देखा परेको छ ।
नेकपा एमालेको तर्फबाट चन्द्रबहादुर खड्काले राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन । खड्का मालारानी–५ अर्घाखाँची निवासी हुन । यता दृगनारायण पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्षधर) र राष्ट्रिय जनमोर्चाको गठवन्धनबाट राष्ट्रिय सभा सदस्यको उम्मेदवार बनेका हुन । उनको घर कपिलवस्तुको महाराजगंजमा रहेको छ ।
तस्बीर सौजन्य : फेसबुकवाट
प्रतिक्रिया