अर्थ-वाणिज्य

४ जना प्रदेश सांसद र ५ जना स्थानीय प्रतिनिधिले मतदान गरेनन्



मकवानपुर, ६ जेठ ।राष्ट्रियसभाको उपनिर्वाचनको मतदान कार्य सकिएको छ । आज (बिहीबार) भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । मकवानपुरको हेटौंडास्थित भुटनदेवी उच्चमाविको प्राङ्गणमा बिहान ९ बजेदेखि मतदान शुरु भएको थियो ।

दिउँसो ३ बजेसम्म तोकिएको मतदानको अवधि सकिँदा कुल ३३८ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । राष्ट्रियसभाको सदस्य पदका लागि भएको उपनिर्वाचनमा बागमती प्रदेशका कुल मतदाता ३४७ मध्ये नौं जना मतदानमा अनुपस्थित रहे । प्रदेशसभाका १०९ र स्थानीय तहका २३८ गरी ३४७ जना मतदाता रहेकोमा ३३८ जनाले मात्रै मतदान गरेका हुन् । १०९ सांसदमध्ये १०५ जना मात्र मतदानमा सहभागी भएका छन् भने स्थानीय तहका २३८ मध्ये २३३ जनामात्र उपस्थित रहे । १४४ मत भार रहेको विवेकशील साझा पार्टीका तीन जना जनप्रतिनिधिले ‘नो भोट’ भन्दै कसैलाई पनि मतदान गरेनन् ।निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका अध्यक्ष–उपाध्यक्ष निर्धारित समयमा मतदान गर्न नआएको जानकारी दिएका छन् । अब सर्वदलीय बैठक राखेर केही घण्टापछि नै मतगणना शुरु गर्ने उनले बताएका छन् । नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ ले माओवादी पार्टी परित्याग गरेपछि रिक्त रहेको स्थानमा सो उपनिर्वाचन भएको हो 

निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट थापा नै उम्मेदवार छन् भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनलाई नेपाली कांग्रेस र माओवादी केन्द्रको साथ छ । माओवादीले डा. देवकोटालाई मतदान गर्न ह्वीप नै लगाएको थियो । यस्तै नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् । आजै नतिजा सार्वजनिक गर्ने तयारी छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ ।

प्रकाशित : ६ जेष्ठ २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६