जीवनशैली

मध्यरातमा महतो – ठाकुर सहितका ओलीले के गरे सितलनिवासमा सल्लाह



काठमाडौं, ६ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित बिहीबार मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा सदस्यलाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीको लागि आधार प्रस्तुत गर्न आह्रवान गरेपछि प्रधानमन्त्री ओली जसपाका दुई नेतासहित राष्ट्रपति निवास पुगेका हुन्। स्रोतका अनुसार तीन नेता करिब ११ः१५ मा शीतलनिवास पुगेका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर र नेता महतो पक्षका सांसदको साथ लिएर धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबीको तयारी गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम बनेको सरकारले विश्वासको मत पाउने आधार नदेखिएको भन्दै उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि जेठ ७ गते ५ बजेसम्मको समय दिएकी छिन् । प्रधानमन्त्री ओलीको आग्रह अनुसार राष्ट्रपतिले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गरेकी हुन् ।

वैशाख २७ गते संसदमा भएको मतदानमा ओलीले विश्वास गुमाएका थिए। तर कसैले बहुमतको सरकार दाबी नगरेपछि वैशाख ३० गते संसदमा रहेको सबैभन्दा ठूलो दलको हैसियतमा ओली प्रधानमन्त्री नियुक्त भएका थिए। उनले जेठभित्र संसदबाट विश्वासको मत लिनुपर्ने थियो। त्यो अगावै राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनको लागि आह्वान गरेकी हुन् ।

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६