अर्थ-वाणिज्य

एमालेको सांसदले कसरी देउवाको समर्थन गर्न मिल्छ? :योगेश



काठमाडौं 7 जेठ। एमाले नेता एवम् प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपा (एमाले) एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले प्रधानमन्त्री एवम् पार्टीअध्यक्षविरुद्ध हस्ताक्षर नगरेको बताएका छन् 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको नाम नलिई भट्टराईले यस्तो बताएका हुन् । उनले शुक्रबारलाई जीवनकै सबैभन्दा कठिन दिन भएको समेत बताएका छन् । 

पूर्वमन्त्रीसमेत रहेका भट्टराईले आफूले सहि वा गलत के गरेको भन्ने कठोर मूल्यांकन इतिहासले गर्ने उल्लेख गरेका छन् । 

‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ’, भट्टराईले फेसबुकमा लेखेका छन्, ‘सहि गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपाका उपेन्द्र यादव र बाबुराम भट्टराई, एमालेका माधव नेपालसहितका विपक्षी दलका नेताहरु पनि १४९ जना सांसदहरुको हस्ताक्षरसहित नयाँ सरकारको दाबी शीतल निवास बुझाएका छन्। विपक्षी गठबन्धनले बुझाउन तयार गरेको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै एमालेका केही सांसदहरूले आफूहरू त्यो प्रस्तावमा सहभागी नभएको बताएका थिए । नेता भट्टराईले समेत आफूले विपक्षी दलका नेताको नाममा हस्ताक्षर नगरेको दाबी गरेका हुन् ।

यसअघि भने भट्टराई एमाले माधवकुमार नेपाल समूहको प्रमुख नेताको रुपमा परिचित थिए । नेता नेपालका हरेक कदमलाई साथ दिएका भट्टराईले शुक्रबार विपक्षी गठबन्धनमा लाग्ने प्रस्तावलाई अस्वीकार गरेका हुन् । यसले माधव नेपाल समूहसमेत विभाजित भएको प्रष्ट भएको छ । 

राष्ट्रपति विद्या भण्डारीले संविधानको धारा ७६(५) अनुसार वैकल्पिक सरकारको दाबी प्रस्तुत गर्न दिएको समय शुक्रबार पाँच बजे सकिएको छ।

राष्ट्रपतिले दिएको समयभित्र सरकार गठनका लागि प्रधानमन्‍त्री केपी ओली र विपक्षी गठबन्धन दुवैतर्फबाट दाबी प्रस्तुत भएको छ। दुवै दाबी पत्रको अध्ययन गरेर संविधान कानुनबमोजिम निर्णय लिने र कदम चाल्‍ने जानकारी राष्ट्रपति भण्डारीले दलहरूलाई दिएकी छन्। दलहरुले राष्ट्रपतिको निर्णय पर्खेका छन्

प्रकाशित : ७ जेष्ठ २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६