प्रदेश

प्रचण्डसंग नयाँ पार्टी बनाउन माधवको प्रस्ताव



काठमाडौँ 8 जेठ। प्रचण्डसंग नयाँ पार्टी बनाउन माधव नेपालले प्रस्ताव गरेका छन्को। प्रस्ताव  गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको हो ।  नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकलगत्तै अध्यक्ष दाहाल र नेता नेपाल छलफलमा बसेका हुन् । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा र एमाले नेता भीम रावल पनि सहभागी छन् ।   विपक्षी दलको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ । त्यसका लागि उनीहरूले आइतबार सर्वोच्च अदालत जाने तयारी पनि गरेका छन् प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । तर, राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै चौतर्फी विरोध भएको छ ।

प्रकाशित : ८ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६