काठमाडौँ 8 जेठ। प्रचण्डसंग नयाँ पार्टी बनाउन माधव नेपालले प्रस्ताव गरेका छन्को। प्रस्ताव गठबन्धनको बैठक सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच छलफल सुरु भएको हो । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलहरूको बैठकलगत्तै अध्यक्ष दाहाल र नेता नेपाल छलफलमा बसेका हुन् । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, दिनानाथ शर्मा र एमाले नेता भीम रावल पनि सहभागी छन् । विपक्षी दलको बैठकले राष्ट्रपति– प्रधानमन्त्रीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरिसकेको छ । त्यसका लागि उनीहरूले आइतबार सर्वोच्च अदालत जाने तयारी पनि गरेका छन् प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा भंग गरी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको घोषणा गरेकी छन् । तर, राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक भएको भन्दै चौतर्फी विरोध भएको छ ।
८ जेष्ठ २०७८, शनिबार
प्रतिक्रिया