प्रदेश

लुम्विनी :विभिन्न जिल्लामा कति संक्रमितको मृत्यू भयो ?



कपिलवस्तु ९ जेठ ।कपिलबस्तुमा आज थप ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५पुरुष र एक महिला रहेका छन। वागागंगा नगरपालिका वडा नं ४का ४० बर्षिय पुरुष र बुद्धभुमि नगरपालिका वडा नं १० का ३५ वर्षिय पुरुषको ज्यान गएको हो। तेस्तै शुद्दोद्यन गाउपालिका  वडा नं ६की ४४ बर्षिय महिला र कपिलवस्तु नगरपालिका वडा नं १०का ५७ बर्षिय पुरुषको मृत्यु भएको हो।

तेस्तै मायादेवि गाउपालिका वडा नं ६का ३५बर्षिय पुरुष तथा सोहि गाउँपालिका वडा नं ८का ५२ बर्षिय पुरुषको  ज्यान गएको  जिल्ला स्वास्थ्य कार्यलयका कोरोना फोकल प्रसन उमेश घिमिरेले जानकारी दिनुभयो।उहाका अनुसार ६ जना मध्य ४४ बर्षिय महिलाको भैरहवा भिम अस्पतालमा , मायादेविका ३५र ५२ बर्षिय पुरुषको फुलिका आइशोलेशनमा र अन्य बाकिँ ३ जनाको तौलिहवास्थित जिल्ला अस्पतालमा निधन भएको हो।

यो संगै कपिलवस्तु जिल्लामा मात्र मृत्यु हुनेको संख्या १५८ पुगेको छ। तेस्तै आज आईतबार थप १५३ जना संक्रमित थपिएका छन भने सक्रिय संक्रमितको संख्या १४९० पुगेको छ। यता कोरोना संक्रमणबाट भैरहवास्थित भीम अस्पताल र युनिभर्सल शिक्षण अस्पतालमा उपचार गराइरहेका थप ७ जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ जना महिला र ४ जना पुरुष छन् ।

भीम अस्पतालमा उपचार गराइरहेका पाल्पाका ३८ वर्षीय पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका–२ का ५२ वर्षीय पुरुष, रुपन्देहीको कञ्चन गाउँपालिका–४ की ६५ वर्षीया महिला र रुपन्देहीको मर्चवारी गाउँपालिका–६ की ५० वर्षीया महिलाको मृत्यु भएको हो ।भीम अस्पतालका सूचना अधिकृत डा।नारायण पोखरेलले मृत्यु हुनेको यो संख्या शनिबार रातिदेखि अहिलेसम्मको थप भएको बताए ।

यसैगरि, युनिभर्सल शिक्षण अस्पतालमा पनि शनिबार रातिदेखि अहिलेसम्म रुपन्देहीको ओमसतीया गाउँपालिका–२ की ५० वर्षीया महिला, सिद्धार्थनगर नगरपालिका–८ का ५५ वर्षीय पुरुष र नवलपरासीको बर्दघाट नगरपालिका–५ का ६५ वर्षीय पुरुषको मृत्यु भएको छ ।अस्पतालका जनसम्पर्क अधिकृत सुशिल गुरुङले मृतक तीनै जनाको दुवै फोक्सोमा निमोनियाको संक्रमण रहेको बताए ।त्यस्तै बुटवलमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र एक पुरुष छन् ।

अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार गुल्मीको मालिका गाउँपालिका–६ का ४८ वर्षीय पुरुषको आइतबार बिहान २ बजे मृत्यु भएको छ । उनी जेठ ५ गतेदेखि कोरोना विशेष अस्पतालमा उपचाररत थिए ।यस्तै गुल्मीको रेसुंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको लुम्बिनी प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा मृत्यु भएको छ । उपचारका लागि अस्पतालमा ल्याउनासाथ शनिबार साँझ साढे ७ बजे उनको मृत्यु भएको हो । उनलाई जेठ ७ मा कोरोना पुष्टि भएको थियो । अस्पतालका अनुसार दुवै जनामा श्वासप्रश्वाससम्बन्धी समस्या थियो ।

यसैगरी कोरोना भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा बाँकेका अस्पतालमा १४ जनाको मृत्यु भएको छ। संक्रमित बिरामीको उपचार भइरहेको नेपालगन्जस्थित भेरी अस्पतालमा ८ जना र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना गरी थप १४ जनाको मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले जानकारी दिए।भेरी अस्पतालमा उपचारका क्रममा खजुरा गाउँपालिका–२ बाँकेका ५३ वर्षीय पुरुष, राजापुर नगरपालिका–२ बर्दियाका ५० वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका–१२ दाङका २८ वर्षीया महिला र त्रिवेणी गाउँपालिका–३ सल्यानका ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

त्यस्तै मेडिकल कलेज कोहलपुरमा तुलसीपुर उपमहानगरपालिका–५ दाङका ६३ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१२ बर्दियाका ५९ वर्षीय पुरुषले संक्रमणकै कारण मृत्यु भएको हो।ओलीका अनुसार मृत्यु हुनेहरुमा कोहलपुर नगरपालिका–१० का ४४ वर्षीया महिला, तुलसीपुर उपमहानगरपालिका–१० दाङका ५२ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–६ का ५२ वर्षीया महिला, भिमदत्त नगरपालिका–२ कञ्चनपुरका ५४ वर्षीय पुरुष, जोशीपुर गाउँपालिका–१ कैलालीका ५० वर्षीय पुरुष रहेका छन्।

संक्रमणकै कारण उपचारका क्रममा नेपालगन्ज उपमहानगरपालिका–६ का ५० वर्षीय पुरुष, मधुवन नगरपालिका– ७ बर्दियाका ५७ वर्षीय पुरुष र लमही नगरपालिका–२ दाङका ६८ वर्षीया महिलाको समेत मृत्यु भएको छ।

प्रकाशित : ९ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६