जीवनशैली

देउवालाई परमादेशवाट प्रधानमन्त्री बनाउन माग गर्दै १४६ सांसद सर्वाेच्चमा



काठमाडौं १० बैशाख ।  विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् ।रिट निवेशन पेश गर्न कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपा अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहित शीर्ष नेता र सांसदहरु सर्वोच्च अदालत पुगेका छन् । सर्वोच्च पुग्ने सांसदहरुमा लीलामणि पोखरेल, मातृका यादव, शशी श्रेष्ठ, धर्मशिला चापागाईंलगायत छन्।

स्वास्थ्य सुरक्षाका लागि भौतिक दुरी कायम गर्न भन्दै सुरुमा शीर्ष नेताहरु अदालत पुगेर रिट निवेदन दर्ता गर्ने र क्रमशः सानो सानो समूह बनाएर रिट निवेदनमा हस्ताक्षर गरेका १४६ सांसदहरु सर्वोच्च अदालत पुग्ने गरी व्यवस्था मिलाईएको छ ।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि विपक्षी गठबन्धनले १४६ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन् ।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति देउवाले १४६ सांसदको हस्ताक्षरसहित गरेको दावी वैधानिक रहेको दावी गरिएको छ ।विपक्षी गठबन्धनका नेताहरुले रिट निवेदनमा काँग्रेस सभापति देउवालाई सर्वोच्च अदालतबाटै प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी हुनुपर्ने माग गरेका छन् । सर्वोच्च अदालतमै बहुमत प्रस्तुत गरेर देउवालाई प्रधानमन्त्री बनाउने मागसहितको रिट विपक्षी गटबन्धनले रिट निवेदन पेश गरेका हुन् ।

परमादेशमार्फत देउवालाई प्रधानमन्त्री घोषणा गर्न माग गरिएको रिटमा बहुमत सांसदहरुको हस्ताक्षर जुटाएर सर्वोच्च अदालतमै सांसदहरु सशरीर उपस्थित भएका छन् ।विपक्षीहरुले तयार पारेको रिटमा धारा ७६(५ )मा जानका लागि सिफारिस गरिसकेपछि प्रधानमन्त्री ओलीको बैधता समाप्त भएको र राष्ट्रपतिले १४९ सांसदको बहुमत रहेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नैपर्ने संवैधानिक बाध्यता रहेको उल्लेख छ ।सर्वोच्च जानु अघि पाँचै दलका शीर्ष नेताहरु कांग्रेस संसदीय दलको कार्यालयमा भेला भएर छलफल गरेका थिए ।

प्रकाशित : १० जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६