प्रदेश

कपिलवस्तुका ७ सहित लुम्विनी प्रदेशवाट ६९ कैदीबन्दी रिहा



कपिलवस्तु जेठ १५ । १४ औं गणतन्त्र दिवसको अवसरमा कारागार कार्यालय कपिलवस्तुबाट ७ जना सहित लुम्विनी प्रदेशवाट  ६९ जना कैदीबन्दी रिहा भएका छन् । मुद्दा नकारात्मक सुचिमा नपरेका, राम्रो चालचलन भएका र ५० प्रतिशत कैद सजाय भुक्तान गरि सकेकाहरुलाई १४ औं गणतन्त्र दिवसको अवसरमा रिहा गरिएको कारागार कार्यालय कपिलबस्तुले जानकारी दिएको छ ।रिहा गर्न कारागार व्यवस्था विभागले देशभरका कारागारबाट नामावली माग गरेको थियो ।

कारागार कार्यालयले पठाएको नामावली मध्येबाट रिहा सूची बनाइएको थियो । कारागारबाट विभिन्न मुद्दामा कैदी जीवन बिताउँदै आएका ७ जनालाई राष्ट्रपतिबाट कैद मिनाहा भए बमोजिम रिहा गरिएको कारागार कार्यालयका प्रमुख राकेश पाण्डेले जानकारी दिए ।मुलुकभर ४ सय ३०  जना कैदीबन्दी रिहा भएका छन् 

रिहा हुनेहरुमा ३ जना कर्तव्य ज्यान, ३ जना सवारी ज्यान र १ जना हातहतियार तथा खरखजना मुद्दाको कैदसजाय भोगेका थिए । उनीहरु कपिलवस्तु रुपन्देही, सुर्खेत र जनकपुरका रहेका छन् । रिहा हुनेहरुलाई कारागारभित्र रहेका अन्य कैदीबन्दीहरुले फूलमाला र अबिर लगाएर बिदाई गरेका थिए । रिहाईका क्रममा जेलर पाण्डेले अनुसासनमा रही असल काम गर्न आग्रह गरेका थिए । हाल कारागार कार्यालयमा ४ सय १७ जना कैदीबन्दी छन् । 

प्रकाशित : १५ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६