अर्थ-वाणिज्य

विपद व्यवस्थानपकालागि लुम्विनीका सबै जिल्लामा बजेट पठाएको मन्त्री आचार्यको दावि



कपिलवस्तु १७ जेठ ।लुम्बिनी प्रदेशका सरकारले प्रदेश भित्र विपद व्यवस्थानपका लागि बजेट विनियोजन गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ । मन्त्री आचार्यले  १२ वटै जिल्लाका लागि ७९ लाख रुपैया विनियोजन गरिएको बताउनुभयो । बुद्धआवाज टेलिभिजनसंग कुराकानी गर्दै उहाले यस्तो बताउनु भएको हो । 

विशेषगरी तराईका जिल्ला रुपन्देही, दांङ र बांकेको निम्ती १०/१० लाख, कपिलबस्तु, बर्दिया, नवलपरासीका लागि ८/८ लाख रुपैया रकम विनियोजन भएको उहाले बताउनुभयो । यस्तै उहाले कोभिड महामारी नियन्त्रणका र संक्रमितको उपचारका लागि प्रदेशको सबै संयन्त्र लागि परेको समेत जानकारी दिनुभयो । साथै उहाले कोरोनाबाट बच्नका लागि सर्तकता अपनाउन प्रदेश बासीहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६