जीवनशैली

एक प्रदेश सांसदले मतपत्र होइन पिसिआर रिपोर्ट दान गरे



दाङ १७ जेठ । जनप्रतिनिधि हरेक हिसाबले सक्षम र क्षमतावान हुन्छन्, भन्ने कुरा आम बुझाई छ । मौका पाए सरकार हाँक्न र नभए प्रतिपक्षमा बस्न अनुभवि प्रतिनिधिहरु आफैमा आम नागरिकलाई शिक्षा दिने व्यक्ती हुन् । तर, सोमबार दाङमा भएको राष्ट्रियसभा निर्वाचनमा जनप्रतिनिधिको केही मत बदर भएको छन् । लुम्बिनी प्रदेशसभाका एक ‘माननीय’ को मत बदर भएको छ । स्थानीय तहतर्फ जम्मा मत संख्या २१७ हो ।

त्यसमध्ये ३ जना सहभागी भएनन् । प्रदेश निर्वाचन आयोगले भन्छ‘जम्मा खसेको मत २१४’ । त्यस मध्ये एउटा बदर भएको देखाएको छ, भने एमालेका चन्द्रबहादुर खड्कालाई ९४ र गठबन्धनका दृगनारायण पाण्डेलाई ११८ मत परेको छ । यी दुबैले प्राप्त गरेको सदर मत २१२ हुन आउछ ।यसमा बदर भएको मत जोड्दा २१३ हुन्छ । बाँकी अर्को मत लुम्बिनी प्रदेश निर्वाचन आयोगले नखुलाएपछि एउटा मत कहाँ गयो भनी सोध्दा, आयोगका सूचना अधिकारी गेहेन्द्र कुँवरले भने“ अर्को एउटा मत पनि बदर छ, त्यसलाई मत परेन भन्दा पनि हुन्छ, मतपत्र हाल्ने ठाउँमा पीसीआर रिपोर्ट हालिदिनु भएछ ।”

दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनुकासाथै सोही स्थानमा मतगणना भएको हो । साढे ३ बजेदेखि सुरु भएको मतगणना कार्य साढे ४ बजेतिर सकिएको थियो ।

प्रकाशित : १७ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६