कपिलवस्तु १८जेठ। धान खेती गर्ने सयम सूरु भए पछि लकडाउनले गर्दा कृषकहरु मारमा परको जन गुनासो आएका बेला प्रजिअ चक्रपाणी पाण्डेले निषेधाज्ञामा खेतीपाती र कृषि कर्ममा कुनै रोक नलगाइएको बताउनु भएको छ । जिल्ला कै प्रमुख बालीकारुपमा रहेको धान खेतीको सिजन सूरु भएकाले उहाले ढुक्कसंग खती गर्न आग्रह गर्नु भयो । ‘ हामीले निषेधाज्ञामा कृषि कर्म नर्ग कुनै रोक लगाएका छैनौ ’ भन्दै मानो छरेर मुरी उत्पादन गर्न समयको सूरुवात भएकाले कोरोनाका कारण लगाइएको निषेधाज्ञामा कृषकहरुलाई केही असजिलो भएका हुन सक्ने बताउनु भएको छ ।
कृषि कर्मकालागि बजारमा बिउ किन्न, ढुवानी गर्न, बिउ र्छन जोत्न, ट्याक्टर चलाउन, मर्मत गर्न, एग्रोभेट संचालन गर्न निर्बाधरुपमा दिइएको वताउदै तर कृषि कर्मको नाममा भारतबाट अर्बैधरुपमा बिउ र मल तस्करीमा भने रोक लगाइएको उहाले बताउनुभयो । कृषि कर्म गर्न कसैले रोक लगाए आफुलाई जानकारी गराउन उहाले आग्रह गर्नुभयो । उहाले स्वाथ्य मापदन्ड र सामाजिक दुरी कायम गर्न समते आग्रह गर्नु भयो ।
जिल्लामा ७२ हजार हेक्टरमा धान खेती गरिन्छ । उता कृषक परशुराम यादवले जिल्ला कै प्रमुख बालीकारुपमा रहेको धान खेती सूरु भएकाले यस तर्फ प्रशासन कार्यालयले बिशेष ध्यान दिनु पर्ने बताउनु भयो । उहाले कृषि कर्म तथा जिल्लामा उत्पादीत तरकारीको बजारीकरणमा समेत प्रशासन कार्याmलय र सरोकारवालाले बिशेष पहल गर्नु पर्ने माग गर्नु भयो ।
प्रतिक्रिया