प्रदेश

दोश्रो पूस्ताका १० नेताको निष्कर्ष पार्टी एकता बचाऔं :ओली समेत सकारात्मक



काठमाडौं १८ जेठ ।  नेकपा एमालेले पार्टी एकताको प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने भएको छ ।मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले एकताको विषयमा विवेचना गर्दै एकताको प्रयासलाई अन्तिम समयसम्म प्रयत्न गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । ‘पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्नका निम्ति भएका छलफलको बारेमा संक्षिप्त विवेचना गरेका छौँ’, बैठकपछि प्रवक्ता ज्ञवालीले भने, ‘नेतृत्वको तर्फबाट एकताका निम्ति अन्तिम समयसम्म पनि प्रयत्न जारी राख्ने विषयमा छलफल भएको छ ।’

बैठकमा आगामी आर्थिक वर्षको बजेटको सन्दर्भमा छलफल भएको छ । बजेट अहिलेको आवश्यकतालाई पूर्ति गर्ने खालको आएको निष्कर्ष पार्टीले निकालेको छ । बजेटले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको विषयलाई सम्बोधन गरेकाले सकारात्मक रहेको समीक्षा भएको उनको भनाइ छ । पार्टी एकताका निम्ति नेतृत्वले प्रयत्न गर्ने निर्णय गरेको बैठकले स्पष्टीकरण सोधिएका १२ जना सांसदलाई के कारवाही गर्ने भन्ने बारेमा छलफल नगरेको ज्ञवालीको भनाइ छ । अझै पार्टी एकताका निम्ति प्रयत्न जारी राख्ने निर्णय भएसँगै कारवाही गर्ने भनिएका नेताको विषयमा कुनै निर्णय नभएको हो । 

एमालेले  घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडामाथि कारवाहीको तयारी गरेको थियो।यसअघि एमाले संस्थापन पक्षले  वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ । नेताहरुमाथिको कारवाहीलाई स्थगित गरेर पुन नेताहरुले एकताको प्रयास जारी राखेका छन्। गएराति मात्र एमाले दोस्रो पुस्ताका १० नेताले एकताको विषयमा गम्भीर छलफल गरेका थिए । 

प्रकाशित : १८ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६