बुटवल २० जेठ । नेकपा एमालेका लुम्विनी प्रदेश अध्यक्ष एवम प्रदेशका पूर्वमन्त्री लिला गिरीले लुम्विनी प्रदेशका सभामुख पूर्ण वहादुर घर्तिले चालेका कदम पूर्वाग्रह र दुरासय पूर्ण रहेको भनदै समयमा सच्चीन आग्रह गर्नु भएको छ ।बुटवलमा भएको प्रदेश सभाको बैठकमा बोल्दै पहिलो पटक सभामुख विरुद्ध चर्काे आलोचनामा उत्रिएका पूर्वमन्त्री गिरीले कुनै पनि व्यक्तीलाई दल छोड्न छुट छ तर एउटा सभामुख माओवादीको छापामार शैलीमा प्रदेश सचिवालयबाट भेदभावपूर्ण व्यवहार र खेलहरुमा सिधै संलग्न हुन्छ भने सभामुखको हैसियत रहदैन उनले भनेका छन् ।
सभामुखले तथ्य निष्ट भएर र अभिभावकीय भूमिकामा हुनुपर्ने भन्दै उनलाई सच्चीएर अघि बढ्न चुनौती दिएका हुन् । पूर्व मन्त्री गिरीले प्रदेश सरकार पूर्ण बहुमतमा रहेको बताएका छन् । प्रदेश सभाको बैठकमा विपक्षी गठबन्धनका सांसदले विश्वासको मत लिन कि राजिनामा दिन माग गरेपछि गिरिले सरकार अल्पमतमा नरहेको प्रतिक्रिया दिएका हुन्।
मैले दाबाका साथ भन्छु सरकार अल्पमतमा छैन पूर्ण बहुमतमा छ । दुई दल या अरुसँग मिलेको प्रसंग छ त्यो समयक्रमसँगै एडजस्ट हुँदै जान्छ ।उनले भने।गिरिले मुख्यमन्त्रीको सपथ ग्रहण हुदा छपामार सैलीमा घेरा हालीएको आरोप लगाए । गिरिले जनता समाजवादी पार्टीका चार सांसदको पदमुक्तको सुचना दिएर सभामुख र प्रदेश सभा सचिवालयले विधि मिच्ने काम गरेको आरोप लगाए ।
प्रतिक्रिया