प्रदेश

लुम्बिनीका ३८ स्थानीय तहका कोभिड कोषमा हेफरद्वारा ५ करोड सहयोग



पाल्पा २३ जेठ ।लुम्बिनी प्रदेशका ३८ स्थानीय तहका कोभिड कोषमा हेफर इन्टरनेसनल नेपालले ५ करोड ३ लाख रुपैयाँ सहयोग गरेको छ । कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि स्थानीय तहले खर्च गर्न सक्ने गरी शुक्रबार उक्त रकम जम्मा गरिएको हो ।हेफर इन्टरनेशनल नेपालले कोरोना संक्रमण नियन्त्रण तथा उपचारका लागि पाल्पाको तिनाउ गाउँपालिकाको कोभिड कोषमा जम्मा गर्न शुक्रबार १५ लाखको चेक हस्तान्तरण गर्दै । हेफरले लुम्बिनी प्रदेशका ३८ स्थानीय तहमा ५ करोड ३ लाख सहयोग गरेको छ । 

पाल्पाका स्थानीय तहले प्रदेश मै सबैभन्दा धेरै १ करोड ४९ लाख रुपैयाँ पाएका छन । गुल्मीले ८० लाख, रूपन्देहीले ६६ लाख, बाँकेले ८५ लाख, दाङले ३६ लाख रुपैयाँ पाएका छन्। अर्घाखाँचीले २५ लाख, प्यूठानले १७ लाख ५० हजार, बर्दियाले ३५ लाख, कपिलवस्तुले ९ लाख ५० हजार रुपैयाँ पाए ।सामाजिक स्रोत विकास केन्द्र नेपालको समन्वयमा कोभिड संक्रमितको उपचार र रोकथामका लागि पाल्पामा सहयोग गरेको हेफर इन्टरनेसनल नेपालका कार्यक्रम प्रबन्धक अनन्त सिलवालले बताए । अन्यत्रका जिल्लामा सहयोगी गैरसरकारी संस्थामार्फत नै रकम जिल्लामा पुग्नेछ । ती संस्थाले सम्बन्धित स्थानीय तहको कोभिड कोषमा रकम जम्मा गर्नेछन् ।

प्रकाशित : २३ जेष्ठ २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६