प्रदेश

सामुहिक चोरी मुद्दाका फरार ४ जना महिला पक्राउ



तुलसीपुर25 जेठ ।दाङ प्रहरीले सामुहिक चोरी मुद्दाका फरार ४ जना महिलालाई पक्राउ गरेको छ । २०७६ वैशाख ३० गते फैसला भइ फरार रहेका ४ जना महिलालाई सोमबार एक बजे पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारीदिए।

घोराही उपमहानगरपालिका १८ ढोडेनीमा लुकीछिपी बसीरहेको अवस्थापमा उनीहरुलाई पक्राउ गरिएको उनले बता    ए । पक्राउ पर्नेमा घोराही १८ ढोडेनी निवासी ३६ वर्षिय शान्ति सुनार, सोही ठाउँ निवासी २५ वर्षिय सन्तोषी नेपाली, ३६ वर्षिय चन्द्रकला सुनार र ३५ वर्षिय ज्योतिकला दमाई रहेका छन् ।

उनीहरुलाई जनही ५ हजारका दरले जरीवाना र ८ महिना सात दिन कैद फैसला सुनाइएको थियो । तर उनीहरु विगत एक वर्षदेखि फरार रहेका थिए । प्रहरीले मंगलबार उनीहरुलाई पक्राउ गरी दाङ देउखुरी जिल्ला अदालतमा बुझाएको छ ।

प्रकाशित : २४ जेष्ठ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६