जीवनशैली

साउदीमा रहेका नेपाली कामदारको माग स्वदेश फिर्ता हुन पाऊँ



बाके 25 जेठ।बैदेशिक रोजगारीको शिलशिलामा साउदी पुगेका एक नेपालीले जीवन रक्षाको माग गर्दै स्वदेश फर्किन गुहार लगाएका छन् । दुई महिनाअघि साउदी पुगेका बाँकेको खजुरा ६ उढरापुर, पुरैनाका हसमत अली शेख आफुलाई गलत काममा लगाइँदा बिरामी परेको भन्दै घर फर्किन गुहार लगाएका हुन् ।संचार  सम्पर्कमा आएका हसमतले साउदीस्थित स्तरीय होटलमा वेटरका लागि लगिएका आफुहरुलाई घरेलु कामदारका रुपमा लगाइएपछि शुरु भएको मानसिक तनावले बिरामी पारेको उल्लेख गरेका छन् ।   विभिन्न एजेन्ट हुँदै ललितपुर जावलाखेलस्थित अक्सफोर्ट इन्टरनेशनलबाट साउदी पुगेका हसमतले तत्काल फर्किन नपाएर उत्पन्न तनावले निकै थलिएको भन्दै उपचार समेत नभएकोले ज्यानै जान सक्ने जोखिम औल्याएका छन् । रुँदै उनले दैनिक नेपालगन्जमा पठाएका अडियो सन्देशमा सरोकारवालाहरुले छिट्टै घर फर्कान सहयोग गरिदिन अनुनय विनय गरेका छन् ।१ लाख ५५ हजारबढी खर्च गरेर साउदी पुगेका हसमतले एजेन्टले भनेजस्तो काम नपाएपछि १० दिनसम्म भोकै बस्नु परेको दुखसो पनि गरेका छन् । जिल्लास्थित एजेन्टलाई आफु घर फर्कन चाहेको बताइसकेका उनले त्यसो भनेदेखि एजेन्ट सम्पर्क विहीन भएको बताए । उनले दिएको सम्पर्क नम्बरमा दैनिक नेपालगन्जले पटक पटक फोन गर्दा उठाइएन । उक वर्षअघि कतारबाट नेपाल फर्किएपछि स्थानीय एजेन्ट हसमतसँगै अरुलाई पनि त्यसरी फँसाएको दावी गरे ।             उनीहरुलाई शुरुमा दिइएको कागजपत्र बीचैमा फेरबदल गरि दलालले निकै जालसाजी गरेको गुनासो हसमतको छ ।परिवारलाई एजेन्टविरुद्ध कानुनी उपचारमा जान आग्रह गरेका उनले आफु निकै अशक्त हुँदै गएकाले जतिसक्दो छिटो घर फर्काउन सम्बद्ध सबैसँग सहयोगको गुहार लगाइरहेका छन्

प्रकाशित : २५ जेष्ठ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६