काठमाडौँ, २७ जेठ । नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् ।बिहीबार शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएकी हुन् ।नयाँ सात मन्त्रीलाई राष्ट्रपतिले तथा एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् ।आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक रहेका छन् ।
केपि जस्तै गहृमन्त्री :
नवनियुक्त गृहमन्त्री खगराज अधिकारीले आफूले कामको विषयमा योजना बनाउन नभ्याएको बताएका छन् । बिहीबार पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले अन्तिम समयमा मात्र मन्त्री पद टुंगो लागेकाले योजना बनाउन नभ्याएको बताए ।‘३ बजेसम्म मन्त्री हुने थाहा थिएन । त्यसैले मसँग प्रिप्लान छैन’ उनले भने ‘तर गृह मन्त्रालय २४ घण्टा काम गर्ने मन्त्रालय हो । जनतालाई राहत दिन ढिला गर्नु हुँदैन । गृहबटठ हने काममा अब फाइल घुमाउने छुट छैन ।’उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली गृहमन्त्री हुँदाजस्तै काम गर्ने बताए । ‘अब त्यही गतिमा जानुपर्छ, कामबाटै परिणाम ल्याऔं ,काममै जाऔं’ उनले भने ।मन्त्री अधिकारीले छिमेकी देशको विरुद्धमा नेपालको भूमि प्रयोग हुन नदिने पनि बताए ।
प्रचण्डंद्वारा पदमुक्त ओलीद्वारा नियुक्त :
प्रधानमन्त्री ओलीले विस्तार गर्न लागेको मन्त्रिमण्डलमा ज्वालाकुमारी साह कृषि मन्त्री बनेकीछन् । साह तत्कालीन माओवादीबाट प्रदेश सभा(२ मा सांसद निर्वाचित भएकी थिइन्। बाराबाट सांसद निर्वाचित साह नेकपा हुँदा बाराकी सहइन्चार्ज थिइन्। नेकपाको एकता खारेज भएपछि ओलीतिर लागेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले उनीसहित चार जनालाई सांसद पदबाट हटाइदिएका थिए। अहिले ओलीले उनलाई प्रदेश २ को एमाले अध्यक्ष बनाएका छन्।
यस्तो छ नैनकलाको विगत :
अघिल्लो साता मन्त्रिपरिषद पुनर्गठन गरेका प्रधानमन्त्री ओलीले नेकपा एमालेमा आफ्नो समूहका सदस्यहरूलाई बिहीबार मन्त्रिमण्डलमा समावेश गरेका छन् प्रधानमन्त्री ओलीले विस्तार गरेको मन्त्रिमण्डलमा नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री नियुक्त भएकी छन्। उनी पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती हुन्। सर्वोच्च अदालतले जेठ ६ गते दिएको आदेशअनुसार सांसद नरहेका बादलको पद खारेज भएको थियो।
गत पुसदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा खुलेर लागेका बादललाई ओलीले यसअघि राष्ट्रिय सभा सदस्य पनि बनाउन खोजेका थिए। तर बागमती प्रदेश सभामा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा बादल पराजित भएपछि उनको सांसद र मन्त्री पद गएको थियो। माओवादी छाडेर आफूतिर आएका बादललाई चित्त बुझाउन र पार्टीको सन्तुलन वनाई राख्न माओवादीवाट आएका नेताहरुको सहमतिमा प्रधानमन्त्री ओलीले बादलकी श्रीमती नैनकलालाई मन्त्री बनाएका हुन्।
सञ्चारमन्त्री बनेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन्। २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद हुने अवसर पाइनन् । माओवादी नेताका सबै जीवनसाथी भूमिगत हुने नीतिअनुसार थापा २०५२ सालमा भूमिगत भएको माओवादी केन्द्रका एक नेताले बताए।नैनकलाजी भूमिगत हुनुभएकै हो। उहाँ पढेलेखेको दक्ष र अनुभवि भएपनि पछिल्लो समय पार्टीको सक्रिय पदमा रहनुभएन।
नेताहरूमा सांस्कृतिक विचलन नआओस् भनेर नेताका श्रीमतीहरू पनि भूमिगत हुनैपर्ने पार्टीको नीति थियो, ती नेताले भने, नैनकलाजीको जनयुद्धमा ठूलो योगदान थियो । माओवादी युद्धमा हुँदा उनी महिला संघकी केन्द्रिय अध्यक्ष थिइन्। उनी पार्टीको केन्द्रिय कार्यकारिणी कमिटीमा भने एकपटक पनि पुगिनन्। उनी पार्टीको केन्द्रीय सल्लाहकार समितिको सदस्य भने भएकी थिइन्। केही समय उच्च शिक्षण पेशामा रहेकी थापा २०६४ पछि राष्ट्रिय महिला आयोगको प्रमुख आयुक्त बनेकी थिइन्।नैनकला मन्त्री बन्ने तयारी भएकाले मन्त्रीबाट पदमुक्त भए पनि बादलले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका थिएनन्।
प्रतिक्रिया