अर्थ-वाणिज्य

थाई मोनाष्ट्रीद्वारा सामुदायिक अस्पताललाई कन्सन्ट्रेटर हस्तान्तरण



कपिलवस्तु २९ जेठ। लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले कपिलवस्तु सामुदायिक अस्पताललाई स्वास्थ्य स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको पहलमा सुरक्षा सतर्कतामा खटिएका अस्पतालका स्वास्थ्यकर्मी र डाक्टरलाई स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको हो । मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुलाई २ वटा कन्सन्ट्रेटर ,पिपिईसेट ,मास्क सेनिटाईजर लगाएतका अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख थारुले  अस्पतालले नगरबासीहरुलाई कोभिड महामारीको समयमा प्रभाबकारी सेवा दिईरहेको बताउनुभएको छ । मोनाष्ट्री प्रमुख भिक्षु फ्रा बोधीविड्सले बाणगंगा नगरपालिकाका नगरप्रमुख मंगल प्रसाद थारुलाई २ वटा भेन्टिलेटर ,पिपिईसेट ,मास्क सेनिटाईजर लगाएतका अन्य स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।हस्तान्तरण कार्यक्रममा बोल्दै नगरप्रमुख थारुले  अस्पतालले नगरबासीहरुलाई कोभिड महामारीको समयमा प्रभाबकारी सेवा दिईरहेको बताउनुभएको छ ।

यस सहयोगले थप उपचारमा सेवा मिल्ने बताउनुभएको छ ।सेवाका लागी निरन्तर फ्रन्टलाईनमा खटिएका स्वास्थ्यकर्मीले बाध्यकारी अवस्था भोग्नु परेको बखत रोयल थाई मोनाष्ट्रीले बिभिन्न जिल्लामा अस्पतालहरुमा स्वास्थ्य सामाग्री वितरण गर्दै आएको लुम्बिनी बिकास कोष सदस्य राजेश ज्ञवालीको भनाई रहेको छ ।भिक्षु फ्रा बोधीविड्सले थाई जनताको सानो सहयोग नेपाली जनतालाई गर्न पाउदा खुसी भएको बताउनुभएको छ । लुम्बिनी स्थित रोयल थाई मोनाष्ट्रीले बुद्धिष्ट क्षेत्रभित्र हात महामारीको समयमा सहयोगको बढाएको छ । 

प्रकाशित : २९ जेष्ठ २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६