काठमाडौं 29 जेठ । बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने दिएको अभिव्यक्ति आपराधिक र आपत्तिजनक रहेको नेकपा एमालेको ठहर छ ।
एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको हत्या गर्न दिएको धम्कीलाई अत्यन्त गम्भीर रुपमा लिएको बताएको छ ।
सांसद वैद्यको अभिव्यक्ति ‘प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफै पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय’ रहेको विज्ञप्तिमा उल्लेख छ ।
वैद्यले दिएको अभिव्यक्तिको भत्र्सना गर्दै एमालेले फौजदारी कानुन अनुसार कारवाहीका लागि माग गरेको छ
प्रतिक्रिया