कपिलवस्तु २९ जेठ ।कपिलवसतुमा सकृय कोरोना सक्रमितको सख्या अढाई सय भन्दा कम भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार शनिवार दिउसो सम्म जिल्लामा सकृय सक्रमितको संख्या २ सय ३६ पुगेको हो । कोरोनाको दोश्रो लहर गत बैशाख १७ गते सूरु भए यता जिल्लामा संक्रमितको संख्या निरन्तर बढीरहेको थियो । दुई साता यता भने संक्रमित र मृत्युको संख्या घटेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन उमेश घिमिरेले बताउनुभएको छ ।
सकृय संक्रमित मध्ये अधिकांस होम आईसोलेशनमा छन । पहिलो र दोश्रो लहरमा जिल्लामा ५ हजार ३२६ संक्रमित भएका थिए । जसमध्ये ४ हजार ९०१ जना निको भई घर फर्कि सकेका छन । जिल्लामा कोरोनाबाट १ सय ८९ जनाको मृत्यु भएको छ । जसमध्ये अधिकांसको मृत्यु अस्पताल मै भएको थियो । स्वास्थय कार्यालयका प्रमुख हेमराज पाण्डेयले जिल्लामा कोरोना संक्रमित र मृतकको संख्या घटदै गएको बताउनुभयो । जिल्लामा पिसिआ र एन्टीजेन परिक्षण पनि स्स्ताएको छ । पिसिआर परिक्षण कपिलवस्तु अस्पताल मै गर्न मिल्छ भने एनटीजेट किट स्वास्थय कार्यालमया प्रर्याप्त छ ।
तर जन स्तरबाटै परिक्षण गराउन अनिच्छा देखाइएको प्रमुख पाण्डेयले बताउनुभयो । पालिकाहरुले नै परिक्षण दायरा बढाउन घर दैलोमा गई परिक्षणको गर्नु पर्ने उनले बताए । उता कोरोना कारण ढेड महिना देखि जारी लकडाउन कोरोना संक्रमितको संख्या ५ सय भन्दा आधा भएसंगै अब खुकुलो हुने संकेत देखिएको छ । जिल्लामा गत बैशाख २१ देखि लकडाउन जारी छ । लकडाउन बैशाख ३१ सम्म छ ।
प्रतिक्रिया