बुटवल 31 जेठ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आउँदो चरणमा शिक्षकहरुलाई कोभिड विरुद्धको खोप दिने बताएका छन्। प्रदेश सभाको बैठकमा बोल्दै उनले शिक्षकहरुलाई खोप लगाउनका लागि सरकारले चासो दिइरहेको बताए।उनले बालबालिकाका लागि भने अहिलेसम्म खोप तयार नभएकाले बालबालिकालाई खोप दिने विषयमा केही भन्न नसकिने बताए। उनले स्थानीय सरकारले खोप लगाउँछौं भनेर हल्ला गर्नुको कुनै औचित्य नभएको बताए।खोप व्यवस्थापन गर्ने सम्पूर्ण काम संघ सरकारको हो, उसले नै खोप व्यवस्थापन गर्छ प्रदेश सरकारले समन्वय गर्छ र स्थानीय सरकारले स्थानीय तहमा त्यसको व्यवस्थापन गर्ने हो’-उनले भने
३१ जेष्ठ २०७८, सोमबार
प्रतिक्रिया