प्रदेश

निषेधाज्ञामा १९ जना फरार प्रतिवादी पक्राउ



भैरहवा १ असार । फरार प्रतिवादी अप्रेसन कार्यक्रम  अन्तर्गत कर्तव्य ज्यान मुद्धाको २ जना फरारलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । अपराध न्यूनीकरणलाई प्रभावकारी बनाउने उद्धेश्यले बैशाख देखि जारी भएको यो कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कोरोना माहमारीको वावजुद जघन्य अपराधमा संलग्न १० वर्ष भन्दा बढी सजाय भएका १९ जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कार्यलय अन्तर्गतको टिमले शुक्रबार र शनिबार कर्तव्य ज्यान अपराधमा २० बर्ष कैद सजाय भई हाल सम्म फरार रहेका जिल्ला रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं.५ बस्ने राम लखन जैशवालको छोरा ३० वर्षिय ऋषिकेश जैशवाललाई घरबाट नै पक्राउ गरेको छ ।  

सो हत्यामा संलग्न एक जना अझै फरार रहेका छन भने सजाय काटिरहेका जैसवालका बुवाको काठमाण्डौ बिर अस्पतालमा गत वर्ष असोजमा मृत्यु भएको थियो । जयसवाल जिल्ला प्रहरी कार्यालयको टिमले पक्राउ गरी कैद भुक्तानको लागि जिल्ला अदालत रुपन्देहीमा बुझाएको जिल्ला प्रहरी कार्यालयका सह प्रवक्ता प्रहरी निरक भाष्कर चन्दले बताए ।  दुबै जनालाई  जिल्ला अदालत रुपन्देहीमा कैद भुक्तानको लागि बुझाएकोमा कार्यालयले जानकारी दिएको छ ।  रुपन्देही प्रहरीले पछिल्लो समय जघन्य अपराधमा संलग्न भएर फरार भएका अभियुक्तको खोजी गरिरहेको छ । यसक्रममा तीन दर्जन फरार अभियुक्त पक्राउ परेका छन् । 

प्रकाशित : १ असार २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६