प्रदेश

सितल निवासले लियो सुरक्षा अपडेट :के संकटकाल लाग्दैछ त?



काठमाडौं 4 असार। राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीसहित चारवटै सुरक्षा निकायका प्रमुखहरूलाई शितलनिवास बोलाएर छलफल गरेकी छन्। 

शुक्रबार अपराह्न राष्ट्रपति कार्यालय शितल निवासमा गृहमन्त्री खगराज अधिकारी, नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी पुगेका थिए । उनीहरूसँग झन्डै एकघन्टा राष्ट्रपतिले ब्रिफिङ लिएको स्रोतले बतायो। 

मुलुकको पछिल्लो सुरक्षा अवस्था र विपद् व्यवस्थापनबारे राष्ट्रपतिले छलफल गरेको बताइए पनि त्यसको औपचारिक जानकारी दिइएको छैन।यसलाई संकटकालको संकेतका रूपमा चर्चा शूरू भएको छ। 

प्रकाशित : ४ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६