अर्थ-वाणिज्य

पुल निर्माणमा नयाँ रेकर्ड : सांसद पन्थी



कपिलवस्तु  असार ।  कपिलवस्तु बाणगंगा वडा नं ७ र ९ लाई जोडने बनगाइ मोतिपुर भलवाड डोहोटे सडकमा पर्ने कोइली खोला को पुलकोलागि  चालु आवमा थप बजेटको व्यवस्था  भएको छ ।  छोटो समयमा डिपिआर बनाएर पुल निर्माणको लागि टेण्डर (ठेक्का सूचना ) समेत यसै आवमा भएकोमा कामको प्रगती हेर्दै बजेट थप भएको हो । प्रदेश सांसद विष्णु पन्थीका अनुसार डिपिआर टेण्डर ,वजेट र थप बजेट निकाशा एकै वर्षमा हुनु  पुल निर्माणमा नयाँ रेकर्ड हो ।


उहाले सामाजिक सञ्जालमा खुशी प्रकट गर्दै लेख्नु भएको छ-स्मरण रहोस् गत बर्खामा यो खोलाले  ४ जनाको ज्यान लिएको  थियो । यहि खोलाले गत वर्ष विधुत कार्यलय जीतपुरका प्रमुख कृष्ण पौडेललाई वगाएर मृत्यू शैयामा पुराएको थियो । यस्तो पीडादायि कोइलीमा पुल बनाउन  बजेट विनियोजन गर्ने प्रदेश सरकार , तदारुकताका साथ प्रक्रिया पुरा गर्ने प्रदेश सरकारका अधिकारीहरु , हामीलाई घचघचाउने स्थानीय सरकार र सरोकारवाला सबैलाई धेरै धेरै धन्यवाद दिन्छु  सांसद पन्थीले भन्नु भएको छ ।

उहाले कपिलवस्तुको  बाणगंगा रअर्घाखाँचीको सितगंगा वासीहरु लाई  बधाई दिदै  ूअघि बढदै छ कपिलवस्तु , बदलिदै छ कपिलवस्तु  जोड्दै छ  अर्घाखाचीलाई भन्दै खुशी प्रकट गर्नु भएको छ । 

प्रकाशित : ६ असार २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६