रुपन्देही १० असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेसंगै अर्थमन्त्री रहनु भएका विष्णु पौडेलले गृह ,जलश्रोत तथा सिंचाई उद्योग वाणिज्य तथा आपूर्ति जस्ता महत्वपूर्ण मन्त्रालयको थप जिम्मेवारी पाउनु भएको छ । नेपालकै इतिहासमा हेर्दा गृह र अर्थ एकैपटक एउटै मन्त्री पाएको यो नै पहिलो भएको विज्ञको भनाइछ । यो मन्त्री मण्डलमा प्रधानमन्त्री पछि सर्वाधिक पावरफूल मन्त्रीका रुपमा विष्णु पौडेलले जिम्मेवारी पाउनु भएको हो । त्यस्तै शिक्षा मन्त्रालय सम्हालि रहनु भएका कृष्णगोपाल श्रेष्ठले थप वन तथा वातावरण; युवा तथा खेलकुद; श्रम, रोजगार तथा सामाजिक र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालि रहनु भएका वसन्तकुमार नेम्वाङले थप कृषि, तथा पशुपक्षी विकास; खानेपानी; सञ्चार, तथा सूचना प्रविधि र सहरी विकासको जिम्मेवारी पाउनुभएको छ ।
त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठले थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण; महिला, बालबालिका तथा ज्येष्ठ नागरिक; संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
प्रतिक्रिया