प्रदेश

चिनिया खोपको दोश्रो डोज असार २२ वाट शुरु



काठमाडौं  ११–असार । कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकालाई यही असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने भएको छ । देशभर जेठ २५ गतेदेखि २९ गतेसम्म ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चिनियाँ भेरोसेल खोपको पहिलो डोज लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागले एक सूचना जारी गर्दै पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको जनाएको छ । खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ । साथै अघिल्ला खोप अभियानमा भेरोसेल खोपको दोस्रो डोज लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो डोज लगाउन पाउने छन् ।

प्रकाशित : ११ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६