प्रदेश

रुपन्देहीमा फेरी शुल्क कै विवाद,नघटाए आन्दोलनको चेतावनी



बुटवल  १२ असार ।रुपन्देहीका केही निजी विद्यालयहरुले अनलाइन कक्षा शुल्क बाहेक अन्य अतिरिक्त शुल्क विद्यार्थीबाट लिएको भन्दै नेपाल अभिभावक महासंघले त्यसप्रति आफ्नो ध्याकर्षण भएको जनाएको छ । कोरोना महामारी र त्यसपछि सञ्चालन भएका निजी विद्यालयहरुले चर्काे शुल्क लिएको र भौतिक रुपमा विद्यालयमा उपस्थित नभएका विद्यार्थीबाट कम्प्यूटर, नृत्य, यातायात लगायतको शुल्क लिएकोप्रति अभिभावक महासंघले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार महासंघका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली तथा लुम्बिनी प्रदेश अध्यक्ष हेमबहादुर थापाले संयुक्त रुपमै विज्ञप्ती निकालेर निजी विद्यालयले अतिरिक्त विषयमा विद्यार्थीबाट लिएको शुल्क अविलम्ब फिर्ता गर्न माग गरेका छन् । जारी विज्ञप्तीमा भनिएको छ, एकातर्फ निजी विद्यालयले अतिरिक्त शुल्क लिने र अर्काेतर्फ अघिल्लो कक्षामा उत्तिर्ण भएका विद्यार्थीहरुलाई मार्कसिट र चारित्रिक सर्टिफिकेट नदिने तथा आफ्नै विद्यालयमा जवरजस्ती भर्ना गर्न बाध्य बनाउने कार्यले अभिभावक महासंघको ध्यानाकर्षण भएको उल्लेख छ ।

निजी तथा संस्थागत विद्यालयले नियम विपरित चर्काे शुल्क लिएको र त्यसलाई सच्चाउन पनि महासंघले माग गरेको छ । निजी विद्यालयले उक्त निर्णयलाई नसच्चाए आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने महासंघले चेतावनी दिएको छ । नयाँ शैक्षिकसंगै आवश्यक पर्ने पाठ्यपुस्तकहरु सहज र सुलभ रुपमा विद्यार्थीले प्राप्त गर्ने वातावरण मिलाउन समेत महासंघले माग गरेको छ ।

प्रकाशित : १२ असार २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६