कपिलवस्तु १३ असार । कपिलवस्तु जिल्लाबाट सरुवा भई जान लागेका प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सदरमुकाम तौलिहवामा नागरिक अगुवाले विदाई गरेकाछन् । मधेश मानव अधिकार गृह र कोभिड विरुद्धको साझा प्रयास अभियानले जिल्लामा शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण र नागरिकहरुसंग प्रहरीको सहज पहुंच एवं अपराध विरुद्ध शुन्य सहनशीलतामा उत्कृष्ट काम गरेको भन्दै प्रहरी उपरीक्षक अधिकारीलाई सम्मान सहित विदाई गरेको हो । अभियानका संयोजक रवि ठाकुरले प्रहरी उपरीक्षक अधिकारीलाई सम्मानपत्र प्रदान गरेका हुन् ।
सो अवसरमा साझा प्रयास अभियानका सचिव राजेश ज्ञवाली, नागरिक अगुवा राम दयाल ठाकुर लगायतले प्रहरी उपरीक्षक अधिकारीको एक वर्षे कार्यकालमा नेपाल प्रहरीका तर्फबाट जिल्लामा भए गरेको कामको प्रंशसा गरेका थिए । सम्मान ग्रहण गर्दै प्रहरी उपरीक्षक अधिकारीले आफु र आफ्ना मातहतका प्रहरी टोलीले जिल्लामा अपराध नियन्त्रण र शान्ति सुरक्षा कामय राख्न जिल्लाका सवै राजनैतिक दल, नागरिक समाज, जिल्लावासीबाट पुर्ण सहयोग पाएको बताए । प्रहरी अधिकृतहरुको सरुवा एक नियमित प्रक्रिया भएका कारणले आफ्नो समय पुरा भएका कारण आफु जान लागेको र जिल्लामा अब आउने प्रहरी उपरीक्षक दान बहादुर कार्की पनि योग्य, विद्धान र उत्कृष्ट प्रहरी अधिकारी रहेको बताए ।
प्रतिक्रिया