तौलिहवा १५ असार । कपिलवस्तु प्रशासनले पछिल्लो पटक जारी गरेको निशेधाज्ञामा सवारी साधन चल्ने छन् । पसल ब्यवसाय खुल्नेछन् । वजार सूचारु हुनेछ तर विहान ९ देखी साझ ६ बजे सम्ममात्र । त्यो वाहेक बन्द नै रहनेछ । तर रेष्टुरेण्ट होटल गेष्ट हाउस र पार्टी प्यालेश भने होम डेलिभरी गर्ने कामका लागि मात्र खोल्न पाइने प्रजिअ चक्रपाणी पाण्डेले प्रेसपाटीलाई वताउनु भयो । यो संगै कपिलवस्तुमा निषेधाज्ञा थप खुकुलो पार्दै एक हप्ता थपिएको हा । सोमबार जिल्ला प्रसाशन कार्यालय कपिलवस्तुमा बसेको सुरक्षा समितीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । सबै सरकारी सेवा संघ सस्था र कार्यलयका सेवा सूचारु भएका छन् ।
सार्वजनिक गाडि पूर्ण स्वास्थ्य मापदण्डका आधारमा सीट क्षमता भन्दा १ जना पनि बढी राख्न नपाइने गरी चल्न पाउने प्रमुख जिल्ला अधिकारी पाण्डेले वताउनु भयो दिनुभयो । उहाँका अनुसार सार्वजनिक यातायातका साधन सञ्चालन गर्दा सिट क्षमता भन्दा बढी यात्रु राख्न पाइने छैन् । साथै विहान ९ बजेदेखि साझ ६ बजेसम्म मात्र सवारी चलाउन पाइने छ । सवारीमा चढ्ने यात्रु चालक र सह चालकलाई अनिवार्य माक्स लगाउनुपर्ने नियम बनाएको छ । प्रहरीले माक्स नलगाउने यात्रुलाई कारबाही गर्ने छ ।
विवाह, ब्रतबन्ध, पास्नी, न्वारन वा अन्य संस्कारका लागि बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पलना गर्ने गरी नजिकको प्रहरी इकाईसंग समन्वय गरी आफ्नै निवासमा गर्न सकिने प्रशासनले जनाएको छ । त्यस्तै विहान ९ बजेदेखि साँझ ६ बजेसम्म पसलहरु खोल्न पाईने भएको छ भने होटल व्यवसायीले निर्वाध व्यवसायिक गतिवधि गर्न पाउने छैनन् । कोरोना सङ्क्रमणको जोखिम घटेको तर नहटेकाले प्रतिबन्धहरुलाई केही खुकुलो बनाउँदै एक हप्ताका लागि निषेधाज्ञा थप्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिनुभयो । निशेधाज्ञा असार २१ सम्म जारी रहने छ । कपिलवस्तुमा अहिले १२२ सकृय संक्रमित रहेकाछन्।
प्रतिक्रिया