अर्थ-वाणिज्य

यात्रुवाट बढीभाडा असुलेर कारवाही पर्नेमा लुम्विनी प्रदेशका धेरै



काठमाण्डौ १७ असार । काठमाण्डौको महानगरीय ट्राफिक प्रहरीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई पक्राउ गरेकोमा ती मध्ये अधिकांश लुम्विनी प्रदेशको रहेको पाइएकोछ । काठमाण्डौबाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा बढी भाडा लिइ ठगी गर्ने आठ जनालाई नयाँ बसपार्कबाट ट्राफिक प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा दाङका सन्तोष दमाई, कुशलराम बस्नेत, गिमबहादुर गाहा मगर, रुपन्देहीका दीप नारायण थापा, कपिलवस्तुका शिवलाल घिमिरे र मोरङका युवराज ढकाल रहेका छन् । यस्तै उदयपुरका राकेश रसाइली र झनक बहादुर घिमिरेलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

ट्राफिक प्रहरी महाशाखाले निषेधाज्ञाको समयमा यात्रुहरू ठगिन सक्ने हुँदा सम्भावित काउन्टरहरूमा निगरानी गर्ने, यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुसँग गोप्य रूपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई पक्राउ गरेर कारबाही गर्ने गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताउनुभयो ।

प्रकाशित : १७ असार २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६