पर्यटन

कपिलवस्तुमा बाल विकास सहजकर्ता आन्दोलित



कपिलवस्तु १८ असार । सरकारले बजेट बक्तब्य मार्फत ताकेको पारिश्रमिक पाउनु पर्ने माग गर्दै कपिलवस्तु नगरपालिका भित्र रहेका बाल बिकास केन्द्रका सहजकर्ता शिक्षकहरु आन्दोलित भएका छन । उनीहरुले आफुरुले सरकारले तोके अनुसार कै मासिक १५ हजार पारिश्रमिक पाउनु पर्ने भन्दै शुक्रवार तौलिहवा स्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका हुन । सरकारले ८ हजार दिने र बाकी ७ हजार स्थानीय पालिकाले दिने गरी अर्थ मन्त्री बिष्णु पौडेलले सहजकर्ताको तलब १५ हजार तोकेका थिए ।

तर नगरपालिकाले ४ हजार मात्र थप गरेपछि नगर क्षेत्रका सहजकर्ताको पारिश्रमिक १२ हजार मात्र भएको छ । सरकारले तोके अनुसारको पारिश्रमिक पाउनु पर्ने भन्दै आफुहरु नगरपालिकामा धर्नामा आएको अगुवा सहजकर्ता शारदा पराजुलीले बताईन । सरकारले तोकेको कुरा नगरपालिकाले पनि दिनु पर्ने आफुहरुको माग रहेको उनले बताईन । 

उनले नगरपालिकाले आफुहरुको माग सम्बोधन गर्नेमा आशाबादी रहेको बताईन । यस बिषयमा मेयर किरण सिंह र नगर शिक्षा फाटका प्रमुख हरि प्रसाद ज्ञवालीलाई समेत ध्यानकर्षण गराइएको थियो । प्रमुख ज्ञवालीले आफुले सहजकर्ताको पारिश्रमिक ७ हजार नै थप्न आग्रह गरेको बताउनु भएको छ । उहाले जन प्रतिनिधिहरुले मात्र ४ हजार बढाएको बताउनुभयो । जिल्लामा समुदाय र बिद्यालय केन्द्रित गरी नगरमा ९३ जना सहकर्ताहरु छन । 

प्रकाशित : १८ असार २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६