अन्तर्राष्ट्रिय

युरो कपको उपाधी इटालीलाई ,नेपाली समर्थक हौसिए



दाङ २८ असार।  युरो कपको उपाधि इटालीले जितेको छ। फाइनलमा इग्ल्याण्डलाई ३/२ ले हराउँदै उपाधि उचाल्यो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३(२ ले विजयी भएको हो ।निर्धारित ९० मिनेटमा खेल एक एक गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको हो । सो समयमा पनि गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो । जसमा इटाली विजयी भयो ।

खेलको दोस्रो मिनेटमा इंग्ल्याण्डले अग्रता बनायो । इटाली टिमको खेल जम्न खोजिरहेका बेला इंग्ल्याण्डले सुरुवातमा नै गोल गर्यो । इटालीको कर्नरबाट अघि बढेको बलमा इंग्ल्याण्डले काउन्टरमा गोल गर्न सफल भयो । उसका लागि लुक शाले काइरान ट्रिपियरको क्रसमा गोल गर्न सफल भयो ।

सुरुवातमा नै गोल खाएको इटालीले आठौं मिनेटमा राम्रो अवसर पाएको थियो । उसका लोरेन्जो इन्सिग्रेकोको प्रहार पोष्ट माथिबाट बाहिरीयो । २८ औं मिनेटमा इटालीले अर्को अवसर पाएको थियो । तर उसले सो अवसरलाई गोलमा परिणत गर्न सकेन । त्यसपछि दुबै टिमबाट गोल हुन सकेन र पहिलो हाफमा इंग्ल्याण्ड एक शुन्यले अगाडी रह्यो ।

पहिलो हाफमा एक शुन्यले पछाडी रहेको इटालीले ६७ औं मिनेटमा खेल एक एकमा पुर्यायो । इटालीका लागि लियोनार्दो बोनुसीले गोल गरे । उनी युरो कपको फाइनलमा गोल गर्ने सर्वाधिक पाको खेलाडी बनेका छन । उनले ३४ बर्ष ७१ दिनमा गोल गरेका हुन । यसअघि यो रेकर्ड वेष्ट जर्मनीका र्बेनार्ड होल्जेनबिनको नाममा रहेको थियो । उनले १९७६ मा ३० बर्षको उमेरमा गोल गरेका थिए ।

त्यसपछि पनि दुबै टिमबाट मौका सिर्जना भएपछि गोल हुन सकेन । जसका कारण खेल अतिरीक्त समयमा धकेलिएको थियो । अतिरीक्त समयमापनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जसमा इटाली विजयी भयो ।

प्रकाशित : २८ असार २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६