अर्थ-वाणिज्य

जुवाको खालबाट १ लाख नगद सहित १० जना पक्राउ



दाङ ३ साउन । दाङमा जुवा खेलिरहेका १० जना एक लाख बढी रकमसहित पक्राउ परेका छन् । शुक्रबार साँझ करिब साढे ४ बजे घोराही उपमहानगरपालिका–१३ डुमरगाउँबाट एक लाख २२ हजार ५१० रुपैयाँसहित १० जना पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार पक्राउ पर्नेमा घोराही–१३ का ५२ वर्षीय कमान पुन, ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन, ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा रहेका छन् ।

यस्तै, वडा नम्बर १५ का २२ वर्षीय निमबहादुर रोका, वडा नम्बर १४ का वर्षीय २६ त्रिपन बुढा, वडा नम्बर १५ का ३३ वर्षीय ढोका घर्ती, वडा नम्बर १२ का ४० वर्षीय तेजलाल पुन र वडा नम्बर १३ का ६८ वर्षीय गणबहादुर घर्ती रहेका छन्। गनबहादुर घर्तीको घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टालिले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका १० जनामाथि अहिले थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताउनुभयो ।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६