प्रदेश

७ बटै प्रदेशमा लुम्विनी पहिलो :८९ प्रतिशत बजेट खर्च



दाङ ४साउन । लुम्बिनी प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा ७ बटै प्रदेशमा  पहिलो  हुदै ८९ प्रतिशत बजेट खर्च गरेको छ । ३६ अर्ब ३५ करोड २५ लाख बजेटमध्ये ३२ अर्ब २६ करोड ६० लाख खर्च भएको प्रदेश लेखा नियन्त्रक कार्यालय बुटवलका लेखा नियन्त्रक दीपक ज्ञवालीले जानकारी दिनुभयो । जुन खर्च ८८.७६ प्रतिशत रहेको उहाँको भनाइ रहेको छ । चालुतर्फ १७ अर्ब ७३ करोड २५ लाख ४८ हजार बजेट रहेकोमा १३ अर्ब ७५ करोड ३३ लाख ५० हजार खर्च भएको छ । जुन ७७.५७ प्रतिशत खर्च भएको छ ।

पुँजीगततर्फ करिव सत प्रतिशत नै रकम खर्च भएको लेखा नियन्त्रक ज्ञवाली बताउनुहुन्छ । १८ अर्ब ६१ करोड ९९ लाख ५२ हजार बिनियोजित बजेटमध्ये पुँजीगत तर्फ ९९.४२ प्रतिशत खर्च भएको छ । जसमा १८ अर्ब ५१ करोड २७ लाख २७ हजार खर्च भएको छ । यो खर्च अघिल्लो आर्थिक वर्षको तुलनामा खर्च बढेको उहाँको भनाइ रहेको छ । 

“पुँजीगत खर्च करिव सतप्रतिशत खर्च भएको छ यसरी खर्च हुन सक्नु राम्रो हो” ज्ञवालीले भन्नुभयो । बजेट कार्यान्वयन गर्ने निकायले समयमा नै काम गरेको कारण बजेट बढी खर्च भएको प्रदेश लेखा नियन्त्रक ज्ञवाली बताउनुहुन्छ ।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६