प्रदेश

मुख्यमन्त्रीको गाउँमा खुसियाली,सिंगो परिवार राजनीतिमा समर्पित



रोल्पा ३१ साउन ।  नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त भएपछि उनको गाउँ रोल्पा नगरपालिका–६ जिबाङमा खुसियाली छाएको छ । परिवार, आफन्त र छिमेकीले आफ्नो गाउँबाट राजनीति थालेका उनी मुख्यमन्त्री बनेकामा खुसी मनाएका हुन ।  जिल्ला समन्वय समिति रोल्पाका सदस्य रहेका मानबहादुरले यो खबर थाहा पाएपछि अहिले सम्म गाउँभरि खुसियाली छाएको बताउनुभयो ।

दाङमा बस्ने जेठा दाइ भरतमणिले गरिब, सोझा र कमजोर वर्गका लागि भाइले मुख्यमन्त्रीका रूपमा काम गर्नुपर्ने बताए । उनले राजनीतिमा लागेकै बेला भारतको पटनामा भारतीय जेलमा परेको खबर पाउँदा निकै दुःखी भएको स्मरण गरे । केसी भारतमा तीन वर्ष जेल बसेका थिए । परिवारका सबै सदस्य राजनीतिमा लागेकाले निकै सास्ती खेपेको उनले बताए ।

मुख्यमन्त्री केसीका माइला दाइ गञ्जबहादुर २०४८ सालमा तत्कालीन कोटगाउँ गाविसको अध्यक्ष निर्वाचित भएका थिए । साइला दाइ रोबरसिंह पनि त्यसै साल वडाध्यक्षमा निर्वाचित भएका थिए । उनीहरूसहित जेठा भरतमणि र राइला मोहनविक्रम पनि माओवादीको सशस्त्र द्वन्द्वको अवधिमा पूर्णकालीन भूमिगत भएका थिए । मुख्यमन्त्री केसीका भाउजूहरू पनि त्यसबेला भूमिगत थिए । मुख्यमन्त्री पत्नी तारा घर्ती माओवादीको केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुन् । 

भूमिगतकालमै विवाह गरेका केसीका एक छोरी र एक छोरा छन्  । मुख्यमन्त्री केसी बुबा टीकाराम र आमा रजमताका कान्छा छोरा हुन् । उनको जन्म २०२७ माघ १० गते भएको हो । मुख्यमन्त्री हुनुअघि रोल्पा १ (क) बाट निर्वाचित केसी निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए ।

प्रकाशित : ३१ श्रावण २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६