पर्यटन

मुख्यमन्त्रीमा एक्लै दौडेर पहिलो भएको घोषणा एमालेलाई अमान्य



बुटवल ८ भदौ । नेकपा एमालेले प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निरलज्जता प्रस्तुत गरेको आरोप लगाएको छ । सोमबार मुख्यमन्त्री कुलप्रसाद केशीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगीएको प्रतिक्रिया दिएको हो।केसीले विश्वासको मत लिँदा प्रदेश सभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ती जारी गर्दै सोमबारको प्रदेश सभामा नाटक मञ्चन भएको बताएको हो ।

‘प्रदेश सभा बैठक बहिस्कार गरिरहेको प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नगरी प्रदेश सभा बैठक चलाउनुले सभामुखको पदीय मर्यादा र गरिमा नांगिएको छ।’ प्रमुख सचेतक भूमिश्वर ढकालले विज्ञप्तीमा भनेका छन् ‘प्रतिपक्षले बहिस्कार गरेर खाली भएको प्रदेश सभामा सत्तापक्ष मात्र सहभागी भएर विश्वासको मत लिने नाटक मञ्चन भएको छ ।’ सोमबारको गतिविधिले केशी नेतृत्वको सरकार असंसदीय र लोकतन्त्र विरोधी भएको पुष्टी भएको एमालेको तर्क छ । विज्ञप्तीमा ढकालले नियमावली उल्लंघन गरेर विश्वासको मत लिएको उल्लेख गरेका छन्। 

प्रकाशित : ८ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६