कर्णाली

जुम्लामा जागरण अभियान सुरु



जुम्ला, १७ कात्तिक

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) जुम्लाले राष्ट्रिय जागरण अभियान सुरु गरेको छ । नेकपा जुम्लाले आइतबार निर्वाचन क्षेत्र नम्बर (ख) र सोमबार निर्वाचन क्षेत्र नम्बर (क) मा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दै अभियान सुरू गरेको हो । नेकपाका कर्णाली प्रदेश सहइन्चार्ज नरेश भण्डारीले केन्द्रीय पार्टीको नीतिअनुसार जिल्लामा जागरण अभियान सञ्चालन गरिएको बताउनुभयो । नेकपा जुम्ला जिल्ला इन्चार्ज गोमा कुँवरले जनताको घरदैलोमा पुग्न र जनताका गुनासा सुन्न राष्ट्रिय जागरण अभियान सुरू गरिएको उल्लेख गर्नुभयो । पार्टी कार्यकर्ता र नेताहरूबीच संवाद, सहिद तथा घाइतेलाई अभियानका क्रममा भेट्ने कार्यक्रम छ ।

प्रकाशित : १८ कार्तिक २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६