प्रदेश

रुपन्देहीका कति जनप्रतिनिधी एकीकृत समाजवादीको पक्षमा लागे?



बुटवल १० भदौ । पार्टीका बरिष्ठ नेता तथा पुर्व महासचिव माधव कुमार नेपालले एमाले बिभाजन गरेर एकिकृत समाजबादी गठन गर्दा रुपन्देहीका जनप्रतिनिधीमा भने त्यसको असर सून्य जस्तै भएको छ।

नेकपा एमालेमा बिवाद श्रृजना हुदा देखि नै माधव नेपालको पक्षमा लागेकाहरु समेत पार्टी विभाजन गरेर नया दल दर्तामै गएपछि भने एमालेमै बस्ने भन्न थालेपछि जनप्रतिनिधीहरु समेत हच्केका छन्।

रुपन्देहीका ७ वटा पालिकामा प्रमुख उप प्रमुख र एउटा पालिकामा उपप्रमुख निर्वाचित भएको एमालेका ६ वटै पालिकाका प्रमुख उप प्रमुख एमालेमै रहने छन भने एउटा पालिकाका प्रमुख र उप प्रमुख दुवै जना अझै खुल्न सकेका छैनन्।

नेकपा एमालेले चुनाव जितेका बुटवल उप महानगर, तिलोत्तमा, सैनामैना नगरपालिका तथा देवदह नगरपालिकाकी उपप्रमुख संगै कन्चन, सुद्धोधन,सियारी गाउपालिकाका प्रमुख उप प्रमुख दुवै नेकपा एमालेमै रहने बताएका छन्।

रुपन्देहीको जिल्ला सदरमुकाम रहेको सिद्धार्थ नगरपालिकाका प्रमुख र उप प्रमुख समेत माधव नेपाल समुहमा रहेको बताइए पनि एमाले छोडेर एकिकृत समाजबादीमा जाने संकेत देखाएका छैनन्।

नगरप्रमुख हरी अधिकारीले अहिले आफुहरु कुनै समुहका र बिभाजनका बिषयम नबोल्ने बताए। यस अघि माधव नेपाल समुहमा रहेको भनिएका वडा नं ३ का वडा अध्यक्ष थानेश्वर पौडेलले आफु बिभाजनको पक्षमा नरहेको बताए।

एमाले सिद्धार्थनगरका अनुसार सिद्धार्थनगरमा३जना जनप्रतिनिधीले मात्रै सदस्यता नबिकरण गर्न बांकी रहेको छ।भने सैनामैना र देवदहमा सबै जनप्रतिनिधीले नबिकरण गरेको एमालेले जनाएको छ। यस अघि साउन मसान्त सम्म नबिकरण गर्न आब्हान गरेको एमालेले भदौ महिनाभरी सदस्यता नबिकरणको समय दिएको छ।

राजनीतिक दलसम्बन्धी अध्यादेशले दल विभाजनको २१ दिनभित्र नयाँ दल रोजेमा प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई दल त्यागको कानून नलाग्ने सुविधा दिएकोले एकिकृत समाजबादीले अरु जनप्रतिनिधीहरु पनि आफ्नो पक्षमा आउने अपेक्षा गरेको छ। तर उक्त अवधिमा जनप्रतिनिधिले दल परिवर्तन गर्ने कुनै सम्भावना नभएको दावी एमालेको छ।

रुपन्देहीका पालिकाका वडा अध्यक्षहरु मध्ये बुटवलका १ जना र तिलोत्तमाका १ जना बाहेक अन्य वडा अध्यक्षहरुले एमालेमै रहने भन्दै सदस्यता नबिकरण गरेका छन्। तिलोत्तमा नगरपालिकामा रहेका पार्टी सदस्यहरुले नबिकरण गरिरहेको सदस्यता नबिकरण नगरेका वडा अध्यक्षले समेत आज बिहान फोन गरेर आफु एमालेमै रहने बताएको नगर अध्यक्ष मोहन चापागाईले बताए।

जिल्ला प्रचार बिभाग प्रमुख समेत रहेका चापागाईले रुपन्देहीका कुनैपनि पालिकाका कार्यपालिका सदस्यहरु पार्टि छोडेर नजाने दावी गरे। सबै जनप्रतिनिधीहरुले सदस्यता नबिकरण गर्ने बताउनु भएको छ। रुपन्देहीमा पार्टी बिभाजनको असर पर्दैन चापागाईले भने

प्रकाशित : १० भाद्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६