प्रदेश

ओली विरुद्ध लडन मलाई सेनापति वनाएर दोस्रो पूस्ताका कमान्डरले मैदान छाडे



काठमाडौं, १२ भदौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले मैदान छाडेर भागेको बताएका छन् ।उनले भने – ओली विरुद्ध लडन मलाई सेनापति वनाएर दोस्रो पूस्ताका कमान्डरले मैदान छाडेर भागे। ओलीकाा पछि लागेे भन्दै राजनीतिक गद्दारी  आरोप लगाएका छन्। 

पेशागत महासंघ नेपाल बागमती प्रदेशले आज (शनिबार) आयोजना गरेको ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो गुनासो व्यक्त गरेका हुन् । ‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए’, उनले भने,‘’उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो । सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्‍यौं । त्यहीकारण ओलीले सत्ता पनि छाड्नु पर्‍यो ।’

नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिंडेको पनि बताए । ‘केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए’, दोस्रो पुस्ताका नेताबारे उनले थपे, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन । सबै खुट्टा कमाएर हिंडिसकेछन् ।’

एमाले विभाजनलाई उनले एउटा सामान्य घटना भएको बताए । ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन् । केही केही व्यक्तिहरु पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन्’, ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्क्यो हाइसञ्चो भइरहेको छ भनिरहेको छ । अझै पनि खिल अझै बाँकी छ भनिरहेको छ । घाँडो पन्छियो भनिरहेका छन् ।’

उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको स्पष्ट पारे । ‘ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौं’, उनले भने, ‘सहमतिलाई नक्कली सहमतिको जामा पहि¥याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन । प्रतिगमनको बाटोमा नजान पटक–पटक आग्रह ग¥यौं । तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौं ।’

अध्यक्ष नेपालले माथिकाले छाडे पनि आफ्नो साथमा कार्यकर्ता रहेको पनि बताए । ‘माथिकाले छाडे के भयो र तल तलका कार्यकर्ता मेरा सहारा हुन्’, उनले भने, ‘त्यसैले मलाई जोश बढेको छ । दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न अहिले पनि म तयार छु । दोस्रो पुस्ताका आए नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाई दिएर म बिदा हुन्छु ।’

उनले ओलीविरुद्ध आफूहरुले चलाएको यो अभियान पदको लडाइँ नभएको बताए । ‘पुष्पलालले केशरजंगसँग विद्रोह गरेर नयाँ पार्टी बनाए । हामीले पनि पुष्पलाललाई पनि छाड्यौं’, उनले थपे, ‘एक कार्यकाल भन्दा बढी म पार्टीको अध्यक्ष पदमा बस्ने छैन । अरु जस्तो नक्कली छैन । एउटा कार्यकाल मात्रै बस्छु, ओली जस्तो होइन ।’

प्रकाशित : १२ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६