प्रदेश

माधवजी र मैले लड्डू खायौं स्वाद नजादै घनले टाउकोमा खायौं :प्रचण्ड



काठमाडौं, १२ भदौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगमनको नाइके भएको टिप्पणी गरेका छन् । उनले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनलाई निमन्त्रण दिएको तर सबै दलहरु एक ढिक्का भएर प्रतिरोध गर्दा प्रतिगमन परास्त भएको उनले बताए ।आज (शनिबार) पार्टीको भ्रातृ संगठन योङ कम्युनिष्ट लिगको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी यात्राको तयारीको लागि कम्युनिष्ट पार्टीमा एकता गरिए पनि प्रतिगमनको नाइकेहरूका एकता नटिकेको बताए ।                       उनले पहिलो पटक भएको संसद विघटनलाई आफूले जनयुद्धकै एउटा रुपका रुपमा लिएको स्मरण गर्दै त्यसलाई प्रतिगमन भनेर युवाहरुले साथ दिएको भन्दै प्रशंसा पनि गरे ।
अध्यक्ष प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको टिप्पणी बताएका छन् । अध्यक्ष प्रचण्डले ओलीको ठगी धन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताएका छन् । उनले भने, ‘हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगी धन्दाबारे थाहा पाइएन । तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।
आफूलाई हालै मात्र सत्तारुढ गठबन्धनको बैठकमा पनि केही नेताले केपी ओलीसँग एकता गरेर के पाउनु भयो ? भन्ने प्रश्न गरेको सुनाउँदै प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए । उनले थपे, ‘गठबन्धनमा केपीसँग एकता गरेर के पाउनु भयो भने, मैले ज्ञान प्राप्त गरेर आएँ भने । ठूलो ज्ञान प्राप्त गरेर आएको छु, त्यो ज्ञान कांग्रेसलाई, माधवजीलाई पनि काम लाग्ने ज्ञान हो भनें । वास्तवमा केपीको त ठगी धन्दा रहेछ ।

प्रतिगमनको अझै पनि खतरा रहेको भन्दै बेला–बेला जित्न लागेका बेला घन हान्ने गरिएको बताए । जित हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने बताए । उनले भने, ‘पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं ।      प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाई दियो । ड्याम्म घन हानको थाहै पाइएन ।’

‘संसद विघटनविरुद्ध उभिँदा सबैले जीवन मरणकै संघर्षका रुपमा लियौं । पटक–पटक लाखौं जनता सडकमा उतारियो । अरु दल पनि संविधान र लोकतन्त्रका विरुद्ध घात हो भनेर एकजुट हुनुभयो’ उनले भने ।   समाजवादी आन्दोलनलाई अघि बढाउने कार्यमा युवाहरु जुट्नु पर्नेमा जोड दिँदै उनले अहिले वातावरण पनि रहेको बताए । ‘समाजवादी आन्दोलनलाई अघि बढाउन अहिले वातावरण छ’ उनले वाइसीएललाई भने, ‘हाम्रो आशा तपार्ईहरुमाथि छ।

प्रकाशित : १२ भाद्र २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६