प्रदेश

माधव कमरेड नयाँ पार्टी विघटन गरेर एमालेमा आउनुहोस : सांसद पन्थी



कपिलवस्तु १३ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य विष्णु पन्थीले पार्टी भित्रका  विवाद र जटिलताको हल विभाजनवाट खोज्नु माधवकुमार नेपालको ऐतिहासिक भूल भएको वताउनु भएको छ । उहाले दोश्रो पुस्ताका दर्जनौ नेता सहित देशभरका कार्यकर्ताको भावना प्रतिकूल विभाजन भएकाले माधव  नेतृत्वको पार्टीको प्रभाव साविक लुम्बिनी अञ्चलमा शून्य सरह रहेको टिप्पणी गर्नु भएको छ  । एमाले भित्र लामो समय माधव पक्ष धर रहेका पन्थीले जिल्लाको बुद्धभूमि नगरपालिकामा आयोजित एमाले निकट राष्ट्रिय युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो  ।अहिलेको फूको हालत विगतको वामदेवको जस्तै हुने र पछुताएर फर्कने स्थिती आउने वताउदै अझै समय छ नयाँपार्टी विघटन गरेर सुदृढ एमाले वनाउन सकिन्छ सांसद पन्थीले भन्नु भयो । 


 एमालेका युवा माझ सम्बोधन गर्दै उहाले माधव नेपालले नयाँ पार्टी गठन गरेर ठूलो गल्ति गरेको बताउनु भयो । पार्टी भित्र लामो समय देखि विवाद रहेको उल्लेख गर्दै त्यो विवाद एमाले फुटाउन नभई मिलाउन र एक मजवुत पार्टी बनाउन भएर उहाको तर्क थियो ।‘एमाले भित्र विवाद भएकै हो । फेरी पनि हुन सक्छ तर त्यो विवाद पक्कै एमाले फुटाउन नभई मिलाउन थियो उहाले भन्नु भयो । लुम्बिनीमा नेपालको पार्टीको उपस्थिती  शून्य स्थितिमा हुने निश्चित छ उहाले भन्नु भयो  । 

अहिलेको एमालेलाई यसले खासै फरक पर्दैन् ’सांसद पन्थीले यो भनिरहदा एमाले कार्यकर्ताले उत्साह पूर्वक ताली बजाएर समर्थन गरेका थिए ।अझै कतिपय कार्यकर्ता अलमलमा परेको भन्दै उहाले आफ्नो गल्ती स्विकार गरेर एमाले फर्कन सुझाव दिनु भयो  । ‘कतिपय कार्यकर्ता अझै भ्रममा छन् । उनीहरु भ्रममा पर्न हुँदैन् उहाले भन्नु भयो  रियलाइजेशन गरेर एमालेमा फर्कनुको विकल्प छैन् ।


सोही कार्यक्रममा युवा संघका राष्ट्रीय उपाध्यक्ष सुमन पुरीले आगामी निर्वाचनमा एमालेलाई सफलता हुने गरी काम गर्न निर्देशन दिनु भएको छ । गोरुसिंगे संगम प्यालेस होटेलमा युवा संघको नगर स्तरीय भेलालाई सम्वोदन गर्दै जति ठुलो गठबन्धन भए पनी एमालेलाई हराउन फलामको चिउरा चपाउन पर्ने बताउनु भयो । एमाले अझै बलियो भएर अगाडी गएको छ । हरेक कार्यक्रममा दैनिक रुपमा एमाले प्रति आकर्शण बढेकोले पार्टी प्रवेश गर्नेको लहर चलेको पुरीले बताउनु भयो । अहिले चिण्डी चोर सबै एक भएका छन् तर पनि एमाले कमजोर नभएको उहाँको भनाइ थियो कार्यक्रममा सम्बोदन गर्दै एमाले प्रदेश सचिवलाय सदस्य तथा कार्यालय सचिव बलराम अधिकारीले एमाले प्रति सामाजिक मानिसको अफवाह फैलाउन फुटको हल्ला फिजाउने समाजिक संजालमा जथाभावी लेख्ने गरेको बताउनु भयो ।

फैलाउनेको विरुद्धमा उत्रिन युवा संघ तयार भएको दावि गर्नु भयो । एमाले जिल्ला अध्यक्ष तथा प्रदेश सदस्य झविलाल पोख्रेलले आगामी निर्वाचनमा कपिलवस्तुमा एक्लो एमालेको विजय हुने विश्वास दिलाउनु भयो ।भेलालाई एमाले नेता चक्रपाणी अर्यालले स्वागत, गोविन्द प्रसाद आचार्य (विकास)को संचालन र युवा संघ कपिलवस्तुका संयोजक विजय कुँवर अध्यक्षतामा सम्पन्न भएको थियो । भेलाले संन्तोष पोख्रेल अध्यक्ष्तामा ४३ सदस्यीय कमिटी गठन गरेको छ । कमिटीमा हरी पराजुली उपाध्यक्ष, देवेन्द्र खड्का सचिव, भुमा जीसी सहसचिव, प्रकाश घर्ती कोषाध्यक्षमा निर्विरोध चयन हुनु भएको छ ।

प्रकाशित : १३ भाद्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६