अर्थ-वाणिज्य

डुवानवाट बिस्थापित ३३ घरपरिवारलाई सांसद पन्थीको खाद्यान्न र बसोवासको राहत



कपिलवस्तु  १५ भदौ । गत बिहिबारदेखी  परेको अविरल वर्षाका कारण बिस्थापित भएका कपिलवस्तु बाणगंगा ३ राजापानी गाउँका बाढि डुवान पिडित घरपरिवारलाई लुम्बिनी प्रदेश सांसद बिष्णु पन्थीले राहत प्रदान गर्नुभएको छ । गाउ नजिकै रहेको कोटिया आधारभूत बिद्यालय गंगौलियाको भवनमा आश्रय लिएर बसिरहेका करिब ३३ घरपरिवारका ७१ जनालाई राहत प्रदान गर्नुभएको हो । 

स्थानीय वडाले दिनको छाक टार्नका लागि मात्र केही खाद्यन्न दिदै आएको थियो भने अन्य कुनै निकायबाट अहिलेसम्म राहत आएको थिएन । सांसद पन्थी पिडित घरपरिवारको अवलोकन पश्यात १ घण्टामै राहत बोकेर  पिडित सामु पुग्नुभएको थियो । उहाले केही दिनको लागि पुग्ने गरि दाल चामल ,तेल ,नुन ,साबुन राहत स्वरुप वितरण गर्न वडा अध्यक्ष सन्तराम रौतारलाई हस्तान्तरण गर्नुभएको हो । 

यस्तै हरेकलाई भुईमा बिछ्याउने मेट्स समेत उपलब्ध गराउनुभएको छ  ।पिडित परिवारले सांसद पन्थी समक्ष आफ्ना समस्या राखेका थिए । उनीहरुका समस्यालाई सम्बोधन गर्दै सांसद पन्थीले सबैको घरनिर्माण गरिदिने प्रतिबद्धता जनाउनु भएको  थियो । यस्तै अन्य आवश्यक राहत सामग्री लिएर आउने समेत बताउनु भयो । 

राहत वितरण कार्यक्रममा सिद्धार्थ क्याम्पसका स्वावियू सभापति शुसिल खत्रीको सहितका यूवाहरुको उपस्थिती रहेको थियो । पिडित घरपरिवार कोही छिमेकी र अधिकांश सामुदायिक बिद्यालयका भवनमा आश्रय लिएर बसेका छन । बिहिबार राति देखी परेको अविरल बर्षाका कारण कपिलवस्तुको बाणगंगा क्षेत्रमा ठूलो क्षति पुगेको छ ।

प्रकाशित : १४ भाद्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६