प्रदेश

लुम्विनी प्रदेश सांसद घर्तीले रोजिन एकीकृत समाजवादी



बुटवल १५ भदौ । लुम्बिनी प्रदेश सभा सदस्य बनेकी रमा घर्तीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छन्।प्रदेश निर्वाचन आयोगको कार्यालय दाङ पुगेर मंगलबार घर्तीले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गाएकी हुन्।

आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा उनले सनाखत गराएकी हुन्। एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरे घर्तीले खनाखत गरेको जानकारी दिइन्।

उनी लुम्बिनी प्रदेशसभामा एकीकृत समाजवादी पार्टीको पक्षमा खुल्ने एमालेको पहिलो सांसद हुन्।८० सदस्यीय प्रदेशसभामा एमालेका ३८ सांसद थिए। घर्ती एकीकृत समाजवादीमा गएपछि त्यो संख्या घटेर ३७ पुगेको छ।

यसमा पनि सूर्य चिन्ह लिएर चुनाव जितेका अजय शाही आफू एमालेमा नभएको जनाउँदै गठबन्धन सरकारमा सहभागी भएपछि एमालेसँग अब ३६ जना मात्र सांसद रहेका छन्। योसँगै लुम्बिनी प्रदेशसभामा अब राजनीतिक दलको संख्या ६ पुगेको छ ।

प्रकाशित : १५ भाद्र २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६